कारागारमा सेनेटरी प्याड वितरण


सुर्खेत, २५ पुस ।
लायन्स क्लब अफ सिद्धपाइलाले सुर्खेत स्थीत कारागारमा रहेका कैदि महिलाहरुका लागि सेनेटरी प्याड वितरण गुर्नका साथै महिनावारी सरसफाई सचेतना कार्यक्रम सम्पन्न गरेको छ । मेल्भिन जोन्सको जन्मदिनको अवसर पारेर तेस्रो दिनमा कारागारमा रहेका १८ जना महिलाका लागि सेनेटरी प्याड वितरण गर्नूका साथै महिनावारी सरसफाई सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा सिनियर अनमी सीता शर्माले महिनावारी हुंदाका समयमा हुने गेरको समस्या र सरसफाईका बारेमा प्रशिक्षण दिएकी थिईन् । प्रशिक्षण दिदै अनमी शर्माले अन्य स्थानका महिलाहरु भन्दा कारागारमा रहेका महिलाहरुमा महिनावारी स्वास्थ्य समस्या धेरै पाइएको बताईन् ।
लायन्स क्लब अफ सुर्खेत सिद्धपाइलाका अध्यक्ष चन्द्राकुमारी भट्राईले कारागारमा कैद सजाय भोगीरहेका महिलाहरुलाई लक्षित गरेर कार्यक्रमको आयोजना गरिएको बताइन् । पर्खालभित्र रहेका महिलाहरुका स्वास्थ्य सम्बन्धि समस्याको पहिचान गर्नुका साथै सेनेटरी प्याडको प्रयोगका बारेमा जानकारी गरायौं उनले भनिन् । अध्यक्ष्ँ भट्राईले कारागारमा रहेका महिलाहरुका लागि आगामी दिनमा पनि सहयोग गर्दै जाने बताईन् ।
फ्यामिली ओमन लिडर कोर्डिनेटर कल्पना कार्कीले कारागारमा रहेका महिलाहरु धेरै समस्याले जेलिएको भन्दै सहयोगका खांचो औल्याइन् । आयमुलक काममा कारागार भित्रका महिलाहरुलाई सघाउनुपर्ने उनको भनाई छ । सबै लायन्स सदस्यहरुले यस बारेमा सोच्न आवश्यक छ, उनले भनिन्, कैद सजाय भुक्तान गरेर बाहिर निस्कदा समाजमा पुनस्थापना हुने वातावरण बनाउनु आवश्यक छ ।
लायन्स क्लब अफ सुर्खैत बुलबुलेका अध्यक्ष भद्र भण्डारीले कारागारभित्रका महिलाका तल्कालिन र दीर्घकालिन समस्याको पहिचान गर्नु आवश्यक रहेको बताए । वर्तमानमा भन्दा भविष्यमा कारागारका महिलाहरुका लागि झन ठुला समस्या रहेको भन्दै ती समस्याको समाधानका लागि अहिलेदेखि नै लाग्नुपर्ने उनको भनाई छ । कैद साजय भोगेर समाजमा पुनस्थापना हुने वातावरण हामीले बनाउनु पर्छ उनले भने यसमा सामजिक संघ–संस्थाको भुमिका ठुलो हुन्छ ।
जिल्ला कारागार शाखा सुर्खैतका प्रमुख लालबहादुर खत्रीले कारागरका महिलाका धेरै समस्या रहेको भन्दै सहयोग गर्न आग्रह गरे । चिसोमा सुत्नका लागि राम्रो ओछ्यान छैन,, सुत्नका लागि ठाउं छ्रैन्, उनले भने, चार पर्खालभित्रको पीडा धेरै छन्, सकेको सहयोग गर्नुहोस् ।
कार्यक्रममा एरिया कोर्डिनेटर सस्स्वती बस्नेत, रिजन चियरपर्सन कमल नेपाल, जोन चियरपर्सन धनकुमारी खरेल, लायन्स क्लब अफ सुर्खेतका अध्यक्ष महेश पौडेल, लायन्स क्लब अफ सुर्खैत भ्यालीका बिष्णु पौडेल, लायन्स क्लब अफ सुर्खेत काक्रेबिहारका अध्यक्ष गौमाया फौजा पौडेल, लायन्स क्लब अफ मध्यपश्चिमका अध्यक्ष भानुभक्त खड्का, लायन्स क्लब अफ वीरेन्द्रनगरका अभ्यक्ष उपेन्द्र सुवेदी, लायन्स क्लब अफ भैरवस्थानका गोविन्द शर्मा, लायन्स क्लब अफ शिबबिहारका बालकृष्ण श्रेष्ठ, लायन्स क्लब अफ सेरोफेरोका युवराज पौडेल, लायन्स क्लब अफ भेरीका मुकुन्द गिरी लगाएतको उपस्थित रहेको थियो ।