पूर्वी मधेसका जनता भन्छन्– पेट्रोल र ग्यास होइन, पानी देऊ


‘डिजेल, पेट्रोल र ग्यास होइन, सरकार हामीलाई पानी देऊ’ भन्दै महोत्तरी, सर्लाही, धनुषा, सिरहालगायतका चुरे क्षेत्रआसपासका स्थानीय सरकारलाई गुहार मागिरहेका छन् । पानीविनाको जिन्दगानी कल्पनासमेत गर्न सकिँदैन ।
तराईको तापक्रम ४२ डिग्री सेल्सियस
हिजोआज तराईका जिल्लामा ४२ डिग्री सेल्सियससम्मको तापक्रम मापन गरिएको छ । खडेरी लम्बिएको छ । खडेरी लम्बिएर पानीको स्रोत सुक्न थालेको छ । खानेपानीको हाहाकारले स्थानीयको जीवन जोखिममा परेको छ । सर्लाही, धनुषा, सिरहालगायतका जिल्लाको राजमार्गदेखि करिब पाँच किलोमिटर उत्तर तथा राजमार्गभन्दा २० किलोमिटर दक्षिणमा खानेपानीको हाहाकार मच्चिएको छ ।

पानीविनाको जिन्दगानी
चुरे फँडानी र त्यसक्षेत्रबाट अवैध रुपमा हुने गिटी र बालुवा उत्खनन नरोकिएपछि चुरे क्षेत्रआसपास खानेपानीको मुहान सुक्न थालेको हो । सुख्खायाममा स्थानीय बिहानदेखि बेलुकासम्म खानेपानी जोहो गर्न व्यस्त छन् ।
महोत्तरीको उत्तरी क्षेत्र माइस्थान, बर्दिबास, गौरीबास, खयरमारा, लक्ष्मीनियाँ, भरतपुर, रामनगर, बिजलपुरा, हात्तीलेट, पशुपतिनगरमा रहेको खानेपानीका मुहान, इनार, चपाकलसुक्न थालेका छन् । यहाँका दर्जनौ इनार सुकेका बिजलपुराका हीरालाल महतो बताए ।
टायरगाडा र साइकलमा पानी
ग्रामीण भेगमा स्थानीय टाढाटाढाबाट टायरगाडा र साइकलमा पानी ओसार्न बाध्य छन् । पशुपतिनगरका स्थानीय उपेन्द्र महतो भन्छन्, ‘ए सरकार अब डिजल, पेट्रोल र ग्यासमा मात्र ध्या नदेऊ, चुरे क्षेत्रका स्थानीयलाई खानेपानी पनि देऊ ।’ खानेपानी समस्या समाधानका लागि दीर्घकालीन योजनासाथ अघि बढ्नुपने उपभोक्ताको सुझाव छ ।
ट्यांकरको पानी उपभोक्तालाई वितरण
धारामा पानी नआउने ठाउँमा बर्दिबास साना सहरी खानेपानी उपभोक्ता संस्थाले ट्यांकरमा पानी ढुवानी गरेर उपभोक्तालाई वितरण गर्ने निर्णय गरेको उपभोक्ता संस्था अध्यक्ष चूडामणि पोखरेलले बताए । पोखरेलले भने, ‘बिहीवारबाट दिनको पाँचरसात ट्यांकर पानी दैनिक वितरण गर्छांै ।’
बर्दिबास साना सहरी खानेपानी तथा उपभोक्ता संस्था बर्दिबासले बर्दिबास क्षेत्रमा वितरण गर्दै आएको पानी पाँच दिनदेखि नियमित नभएको उपभोक्ताले बताएका छन् । साना सहरी खानेपानी तथा उपभोक्ता संस्था बर्दिबास व्यवस्थापक विदुरप्रसाद भट्टराईले जाडोभन्दा गर्मी याममा ६० प्रतिशत खानेपानी खपत बढ्नाले खानेपानी हाहाकार भएको बताए ।

    लामो खडेरीले खानेपानीका मुहान सुक्न थालेपछि सर्लाहीको चुरे क्षेत्रमा पर्ने ढुंगे्रखोला, अत्रौली, नारायणखोला, परवानीपुर, कालिन्जोरलगायतका स्थानमा इनार, धारा र कुवा सुक्न थालेका छन् । खानेपानीको मुहान सुकेपछि स्थानीय खोलाखोल्सीको धमिलो पानी पिउन बाध्य छन् ।

नगर क्षेत्रभित्र खानेपानी समस्या ‘हाइलिस्ट’मा
बर्दिबास नगरपालिकाका ३७ हजार स्थानीयले दैनिक खानेपानीको समस्या भोग्दै आएका छन् । बर्दिबास नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्कीका अनुसार खानेपानी समस्या नगर क्षेत्रभित्रको जल्दोबल्दो समस्या हो । उनले खानोपानीको स्रोत पहिचानका लागि तदारुकतासाथ लाग्नुपर्ने सुझाए ।
धारामा पानी नआउँदा बर्दिबास क्षेत्रमा खानेपानीका उपभोक्ताले बाध्य भएर खानेपानीका पाइप काटेर पानी भर्र्ने गरेका छन् ।
कुवाको पानी भर्न घन्टांै लाइनमा
लामो खडेरीले खानेपानीका मुहान सुक्न थालेपछि सर्लाहीको चुरे क्षेत्रमा पर्ने ढुंगे्रखोला, अत्रौली, नारायणखोला, परवानीपुर, कालिन्जोरलगायतका स्थानमा इनार, धारा र कुवा सुक्न थालेका छन् । खानेपानीको मुहान सुकेपछि स्थानीय खोलाखोल्सीको धमिलो पानी पिउन बाध्य छन् ।
सर्लाहीमा खानेपानी योजना निष्प्रभावी
सर्लाहीको उत्तरी क्षेत्रमा खानेपानी आयोजना सञ्चालन गर्न बर्सेनि जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समितिबाट ठूलो रकम विनियोजन गरिए पनि प्रभावकारी काम भएको छैन । चुरे क्षेत्रमा वर्षायाममा खानेपानीको पाइप बारम्बार बगाउने र हिउँदमा मुहानमै पानी सुक्ने समस्या देखिन थालेको छ ।
धनुषा र सिरहामा पनि खानेपानीको हाहाकार
धनुषाको ढल्केबर, बेगान्डाबर, बड्हडी, लालगढ, लक्ष्मीनिबाँस, चित्रपुर, दिमगरपुरलगायतका दर्जनांै गाउँमा खानेपानीको हाहाकार भएको छ । त्यस क्षेत्रमा रहेका इनार पनि सुकेका छन् । सिरहाको चुरेसँग जोडिएको नगरपालिका र गाविसमा खानेपानीको चरम समस्या देखिएको छ । चुरे क्षेत्रसँग जोडिएका गोलबजार, मिर्चैया, लहान र धनगढीमाई नगरपालिकाका केही क्षेत्रमा समेत खानेपानीको हाहाकार मच्चिएको छ ।
पानीको सतह भास्सिएका कारण इनार, बोरिङ, हातेपाइप, पोखरीलगायतका अधिकांश पानीका मुहान सुकेको स्थानीय बताउँछन् । यसैगरी, अयोध्यानगर गाविसमा झन्डै १० इनार सुकेका छन् ।
ढिलो गए इनारमा पानी पाइँदैन
‘बस्तीमा रहेको नौ इनार सुक्यो । एउटै इनारमा अति–अलि पानी छ ,’ अयोध्यानगर–२ की सुमन्त लामाले भने, ‘पानी भर्न बिहान चार बजेदेखि भीड लाग्ने गर्छ ।’ बिहान चार बजे इनार पानी भर्न पाइँदैन ।
खानेपानी अभावपछि गाईबस्तु पालन चौपट
खानेपानी अभाव बढ्दै गएपछि सिरहाको चुरे क्षेत्रका स्थानीय गाईबस्तु पाल्नन छाडेको सिरहाको अयोध्यानगर मावि शिक्षक प्रदीप यादवले बताए । शिक्षक यादवले भने, ‘चुरे क्षेत्रका बासिन्दा पानीमात्र होइन, खाना पनि थोरै खाने गर्छन् । दिसा गर्न पनि पानी चाहिन्छ, तर खान त पुग्दैन, अनि कहाँबाट दिसा गर्न पानी ल्याउनू रु’
चुरे रहे पानी , पानी रहे हामी १
‘चुरे रहे पानी, पानी रहे हामी, हामी रहे, रहन्छ हाम्रो जवानी’ भन्ने नारा अहिले खानेपानीले काकाकुल ग्रामीण बस्तीमा गुञ्जिएको छ । स्थानीयले खानेपानीका मुहान सुक्नुका कारणबारे खोजिनिती गर्दै छिट्टै खानेपानीको मुहान संरक्षण गर्न चुरे जोगाउनुपर्नेमा आवाज उठाएका रतौली युवा क्लब महोत्तरी अध्यक्ष वैद्यनाथ चौधरीले बताए ।
पानीको मुहान संरक्षण भएन भने ‘वाटर वार’
खानेपानीका स्रोत सुक्न थालेपछि स्थानीय चुरे क्षेत्रमा वन फँडानी र नदीजन्य पदार्थ उत्खननमा रोक लगाई, वनसम्पदा संरक्षण र सम्बद्र्धन गरी चुरे क्षेत्रका पोखरी तथा तालतलैया निर्माणमा स्थानीय सरोकारवालाले छिट्टै कदम चाल्नुपर्ने २० वर्षदेखि चुरे क्षेत्रको संरक्षणको पाटोमा काम गर्दै आउनु सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिबास महोत्तरी अध्यक्ष नागदेव यादवले बताए । उनले भने, ‘अब पनि पानीको मुहान संरक्षण गरिएन भने अरू अन्दोलनजस्तै विश्वमा वाटर वार हुन्छ ।’