बौद्ध गुरुको महापरिनिर्वाण भएपछि पुर्नजन्मकालागि पुजा


९ फागुन, सुर्खेत । विश्व प्रशिद्ध महागुरुबर श्री परम पुज्यनिय क्याप्चे दुनज्याेम याङ्से रिन्पाेछे अचानक महापरिनिर्वाण भएपछि ङिङ्गापा बाैद्व सम्प्रादायका बौद्ध अनुयायीहरुले पुर्नजन्मकालागि वीरेन्द्रनगर ९ लाटीकोइली सुर्खेतको पेमा साङ्गे छोलिङ्ग गुम्वामा  “मोलाम र छोक” पुजा कार्यक्रम भैरहेको गुम्वा समितिका सचिव लोकज‌ंग रोकायाले जानकारी दिनुभयो ।

“गुरुको महापरिनिर्वाणले बौद्ध शासन तथा सम्पूर्ण बौद्ध अनुयायीहरुमा अतुलनिय क्षति पुगेकोले हामी निकै दुखित भएका छौ तसर्थ परम पुज्यनिय रिन्पोछे गुरुवरको कोमल चरणमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बौद्ध शासन तथा समस्त प्राणि जगत हितको निमित्त शिघ्र निर्माणकार्यहेतु पुर्नजन्म लागी प्रार्थना गर्दछाै । यो पुजा विश्वभर नै चलिरहेको छ” सचिव रोकायाले भन्नुभयो ।

बौद्ध धर्म तथा अनुयायीहरू, साथै रिन्पाेछेको आत्मशान्तिका लागि आउदै गरेको ग्याल्पो ल्होसार २०७८ सुर्खेतबासी सम्पुर्ण बौद्ध धर्मावलम्बीहरूले नमनाउने निर्णय भएको बाैद्व यूवा क्लव सुर्खेत, नेपाल भाेटे जनजाति सेवा समिति सुर्खेत, खाम्पा समाज सुर्खेत, बाैद्व गुम्बा निर्माण तथा संरक्षण समिति सुर्खेतले संयूक्तरुपमा जनाएको छ