कमेडीसँगै चेतना जगाउने ‘धुर्मुस-सुन्तली’को ‘लोटे चर्पी'(भिडियो)


सरसफाइको विषयमा निर्माण भएको छोटो चलचित्र ‘लोटे चर्पी’ सार्वजनिक गरिएको छ । हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले यो छोटो चलचित्र तयार पारेका हुन् । सरसफाई र शौचालयको महत्व, आवश्यकता एवं प्रयोगबारे आम नागरिकलाई जानकारी गराउन कोडेफ र डब्लुएसएससीसको आर्थिक सहयोगमा यो चलचित्र निर्माण गरिएको हो ।
नवलपरासी र काठमाण्डौमा छायांकन गरिएको यो चलचित्रले समाज फेरिएको कथा प्रस्तुत गरेको छ । ‘लोटे चर्पी’ले पानी बोकेर बारीको पाटा वा खुला स्थानमा दिशा गर्नेहरु प्रति व्यंग्य गर्दै सरसफाइमा लाग्न प्रेरणा दिएको सितारामले बताए । देशलाई खुला दिशामुक्त बनाउने अभियानमा सर्ट मुभिले सघाउ पुर्‍याउने कोडेफका अध्यक्ष गुणराज श्रेष्ठले बताएका छन् ।
‘लोटे चर्पी’मा धुर्मुस, सुन्तलीसँगै नाजीर हुसेन, खेम शर्मा, शिशिर भण्डारी, काजी रम्तेल, गोपाल लामा, वर्षा खड्का, सुरज आचार्य, विनोद राई, विष्णु बुढाथोकीलगायत देखिएका छन् । ‘लोटे चर्पी’मा धुर्मुस ‘के छु की’ थेगोसहित काकुलाल पात्रको भूमीकामा देखिएका छन् ।

साभारः अनलाइन खबर