यसबर्षको जात्राहरु शुरु । आज गँठेमंगल पर्व मनाईयो (भिडियोसहित)


३० असार, सुर्खेत । प्रत्येक बर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाईने घण्टाकर्ण पर्व अर्थात गठेमंगल पर्व आज  (शनिवार) देखि सुर्खेत जिल्लाको वीरेन्द्रनगर नं. ९ लाटीकोइलीमा पनि मनाईएको छ ।

घण्टाकर्ण पर्वलाई काठमाडौं उपत्यकाका नेवार समुदायले गठेमङ्गल रुपमा मनाउने भएता पनि सुर्खेत जिल्लाको लाटीकोईलीमा सबै समुदायका व्यक्तिहरु मिलेर मनाउने परम्परा रहदै आएको छ । २००९ साल देखि गोठीकांडा र बयलकांडामा बसोवास गर्ने नेवार समुदायका र त्यहां बसोवास गर्ने सबै समुदायले गठेमङ्गल पर्व देखि शुरु हुने लाखे नाँच, गाईजात्रा, रोपाईजात्रा र कृष्णजन्माष्टमी जस्ता जात्राहरु मनाउनदै आईरहेको परम्परालाई यथावत राख्दै लाटीकोईलीमा पनि प्रत्येक बर्ष जात्राहरु मनाउदै आईरहेको छ ।

केही समय अघि सम्म सुर्खेत जिल्लाको विभिन्न स्थानहरु लाटीकोईली, गुप्तीपुर, ईत्राम, ढोढेखाली, गणेशचौकमा जात्राहरु मनाउने गरेता पनि हाल आएर लाटीकोईली बाहेक अन्य स्थानहरुमा यो जात्रा लोप हुदै गईरहेका पाईएको छ । नेवाः देय्ः दबु जिल्ला कार्य समितीका कोषाध्यक्ष प्रवाशकुमार शाक्यका अनुसार, गथांमुगःलाई घण्टाकर्ण भनी गँठेमंगल पनि भन्छन्, जुन सहि होईन । गथांमुगः भनेको दोवाटो–दोवाटो, चौवाटो र चोक इत्यादी भन्ने हो । कृषकहरुको खेति बिग्रेमा वा खेती किसानी गर्न नपाएमा बर्षभरीको लागी अन्न पु¥याउन सकिन्न थियो र अन्न संकट हुन सक्थ्यो ।

त्यसैले यो काम मरी मरीकन जसरी भए पनि किसानहरुले गर्नु नै पर्दथ्यो । भनिन्छ रोपाईको बेला घरमा कोही व्यक्ति मरे देखि त्यस लाशको सतिगति समेत नगरी रोपाइ नसके सम्म लाशलाई मान्द्रोमा बेरी एक कुनामा थन्क्याउदै सबै परिवार रोपाईमा नै व्यस्त हुन्थे र रोपाइ सकिसकेपछि मात्र त्यस लाशको शतगति काजक्रिया गरिन्थ्यो । त्यसैले यस दिन आ–आफ्नो टोलको छ वासमा नर्कट बासको तीन मुठालाई उठाएर बिहानै देखि चौवाटोहरुमा ठड्याई त्यस नर्कटवाको मुठामा डरलाग्दो भूत वा भूतनीको आकृति बनाई, टास सम्पुर्ण टोलवासीहरु सबै मिलि त्यसमा बिभिन्न तान्त्रिक पुजा गरी दहि चिउरा खुलाई एक मुठा पराल बाली त्यस नर्कटको झ्याडलाई तीन पल्ट परिक्रमा गरी सबै मिली त्यस भुतलाई खोलामा लगी मिल्क्याई बहाउने काम गरिन्छ । खोलामा बहाई सकेपछि ती तान्ने सबैले मुख धोई घर फर्कने चलन रहदै जानकारी दिनुभयो । यसैगरी देयः दबुका सदस्य सुरेश मानन्धरका अनुसार लाटीकोईलीमा गँठेमङ्गलको दिन देखि कृष्णजन्माष्टमीको अर्को दिन लाखे नकाट्ने बेला सम्म लाटीकोईलीका बृद्ध, बुद्धिजीवीहरु र युवाहरु सबै जना मिली घरघरमा गई लाखे नाच नचाउने, बिबिध जात्राहरु देखाउनेका साथै रमाईलो गर्दे आएको र यस बर्ष पनि त्यसै गरी जात्राहरु मनाउने बताउनु भयो ।