
मिलन श्रेष्ठ
सुर्खेत–नेपाल नर्सिङ संघको आव्हानमा सुर्खेतलगायत देशभरका नर्सहरु आन्दोलित भएका छन् । नेपाल नर्सिङ संघ सुर्खेतको अगुवाईमा मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँमा कार्यरत नर्सहरुले केन्द्रको मागहरुलाई समर्थन गर्दै मंगलबार तीन घण्टा काम छाडेर विरोध जनाएका हुन् ।कालोपट्टी बाँधेर काम ठप्प पारेका नर्सहरुले तत्काल माग पुरा नभए आन्दोलतलाई तीव्र पार्ने जनाएका छन्।
मंगलवार तीन घण्टा काम छाडेर विरोधमा उत्रिएका नर्सहरुले सेवा ठप्प पार्ने चेतावनी दिँदै आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेका छन्। आफ्ना माग पूरा नभएको भन्दै ३ गतेसम्म तीन घण्टा काम छाडेर विरोध जनाउने, ४ गतेदेखि ६ गतेसम्म सबै अस्पतालमा विहानदेखि साँझसम्म काममा नजाने, ७ गतेबाट २४ घण्टा अस्पतालको सेवा अबरुद्ध गर्ने जनाएका छन् । नेपाल नर्सिङ संघ सुर्खेतका अध्यक्ष गिता सुबेदीले आज हातमा कालो पट्टि बाधेर आन्दोलनलाई निरन्तरता दिएको बताईन्।
श्रम ऐन २०७४ लागू गर्नुपर्ने, दुर्गममा काम गर्ने नर्सलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति हुनुपर्ने, योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्तिविकासका लागि प्रष्ट खाका तयार गर्नुपर्नेलगायतका माग राखि नर्सहरु आन्दोलनमा हुमिएका हुन्।
संघका अध्यक्ष सुवेदीले योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई स्नातक नर्सिङ, स्नातक नर्सिङलाई स्नातकोत्तर नर्सिङ र स्नातकोत्तर नर्सिङलाई पिएचडीसम्म अध्ययनका लागि तलबी अध्ययन बिदाको व्यवस्था गर्नुपर्नेलगायतका माग रहेको बताइन्।
नर्सहरुले स्वास्थ्य मन्त्रालयको नयाँ संरचनामा छुट्टै नर्सिङ महाशाखा, भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रबाट निष्काशित गरिएको नर्सको पुनस्र्थापना लगायतका ११ बुँदे मागसहित गत पुस २७ गतेबाट चरणबद्ध आन्दोलन थालेको हुन्।
यसैबीच, ११ वुदे मागसहित आन्दोलनमा उत्रिएका नर्सहरुको आन्दोलनमा नेपाल स्वास्थयकर्मी संघ सुर्खेतले एक्यवद्धता जनाएको छ। संघका अध्यक्ष राजेशकुमार वुढाले तत्काल नेपाल नर्सिङ संघका मागहरु राज्यले पुरा गर्नुपर्ने बताए।
साभारःदेशसञ्चार ।



Milan Shrestha । २ माघ २०७४, मंगलवार १०:३० बजे