हरिकुष्ण कुमाई, जुम्ला
माघ १,
“सस्कृति संरक्षण तथा प्र्वर्द्धनका लागि पहिलो पाईलो”, भन्ने मुल नाराका साथ जुम्लामा भएको प्रथम हेरिटेज ट्रेल रेस सम्पन्न भएको छ ।
ओलम्पियन खेलाडी वैकुण्ठ मानन्धरले शुभारम्भ गर्नुभएको रेस कर्णाली वोर्डिङ स्कुलको खेलमैदानवाट शुरु भई वोहोरागाउँ, गणेशमन्दिर, दानसाघुको महादेव मन्दिर, आचार्यवाडा स्थित भगवती मन्दिर भण्डारीवाडा, जुम्ला वुहमुखी क्याम्पस, मालाभिड गाउँकोे भगवती मन्दिरवाट सरस्वती मन्दिर, वौद्ध स्तुपा, छिनागाउँ, विजयनगर हुदै चन्दननाथ भैरवनाथ मन्दिर अन्तिम विन्दु रहेको थियो ।
रेसमा पुरुष तर्फ १०० जना र महिला तर्फ ३५ जना गरि जम्मा १३५ खेलाडीले भाग लिएका थिए । रेसमा काठमाण्डौ, कालिकोट, प्युठान लगायतका जिल्लाबाट र नेपाली सेना तथा नेपाल प्रहरीले समेत सहभागिता जनाएका थिए ।
१२ किलोमिटर दुरी हेरिटेज ट्रेल रेसमा पुरुष तर्फ जुम्लाका नरेश बुढाले १ घण्टा १२ मिनेट ३० सेकेण्ड समयमा पार गरि प्रथम स्थान हाशिल गरे, भने नेपाली सेनाका राजन रोकायाले १ घण्टा १३ मिनेट ४७ सेकेण्डमा पारगरि दोस्रो स्थान प्राप्त गरे भने, जुम्लाकै प्रकाश कठायतले तेस्रो स्थान प्राप्त गरे ।
१२ किलोमिटर दुरी हेरिटेज ट्रेल रेसमा महिला तर्फ क्रमश जुम्ला कै प्रथम राममाया बुढाले १ घण्टा ३६ मिनेट १५ सेकेण्डको समयमा पार गरेकी थिइन भने दोस्रो स्थानमा बन्दना बुढाले १ घण्टा ३९ मिनेट ३४ सेकेण्डमा पार गरेकी थिइन भने त्यस्तै पूर्णलक्ष्मी न्यौपानेले १ घण्टा ३९ मिनेट ५९ सेकेण्डमा पार गरेकी थिइन ।
प्रथम हेरिटेज ट्रेल रेसका पुरुष र महिला प्रथमलाई १५ हजार, द्धितियलाई १२ हजार र तृतियलाई १० हजार रुपैयाको पुरस्कार, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।
कार्यक्रममा ओलम्पीयन खेलाडी वैकुण्ठ मानन्धर, गिनिज वुकमा नाम लेखाउन सफल धावक हरिबहादुर रोकाया र अर्न्तराष्ट्रिय स्तरको खेलमा प्रथम स्थान हाशिल गरेकी जुम्लाकी धाविका पूणलक्ष्मि न्यौपानेलाई पनि सम्मान गरिएको थियो ।
यो वर्ष देखि प्रत्येक वर्ष यो रेसको आयोजना गर्ने आयोजक कर्णाली खेलकुद क्लबले जानकारी दिएको छ ।



Prawash Kumar Shakya । १ माघ २०७४, सोमबार २२:५८ बजे