
माघ,९सुर्खेत । प्रतियोगितामा हारजित जे भएपनि खेलाडीहरु अनुशासित र शाहसी हुनु पर्नेमा एक कार्यक्रमका अथितीले जोड दिनु भएको छ ।
रौतहटमा हुन लागेको उप–मेयर कप राष्ट्रिय महिला लिग प्रतियोगितामा सहभागी सुर्खेतका खेलाडीहरुको विदाई गर्ने कार्यक्रममा प्रतियोगितामा हारजित जे भएपनि कर्णालीका खेलाडीहरु अनुशासित र शाहसी हुन्छन् भन्ने सन्देश दिन वीरेन्द्रनगर नगरपालिकका उप–मयेर मोहनमाय ढकालले आग्रह सहित प्रदर्शनको शुभकामना दिदै वीरेन्द्रनगर नगरपालिकाका खेलाडीहरुलाई विदाइ गर्नु भएको छ ।नगरपालिकाले खेलाडीहरुलाई दुई लाख नगद सहयोग समेत गरेको जिल्ला फुटबल संघका बरिष्ठ उपाध्यक्ष प्रमोद हमालले जानकारी दिए ।
नगरपालिकाले खेलाडीहरुको हौसलाका लागि आगामी दिनमा थप सहयोग प्रतिवद्धता उप–मेयर ढकालले गर्नुभएको हमालको भनाई छ । प्रतियोगितमा महिला फुटबल टिम रौतहटका लागि बिहीबार प्रस्थान गरेको हो ।
खेलाडीसंगै प्रशिक्षक दिलिप बस्याल नेपाली र व्यवस्थापक जिल्ला फुटबल संघका सदस्य जानकारी तारुङ सहभागी छन् । शेरबहादुर दर्लामी स्मृति हातेमालो खेल मैदान चन्द्रपुरमा शनिवार हुने पहिलो खेलमा सुर्खेतले विराटनगरसंग खेल्नेछ । प्रतियोगितमा देशभरका ८ नगरपालिकाले सहभागी जनाएका छन् ।
शुक्रबारदेखी रौतहटको चन्द्रपुरमा सञ्चालन हुन लागेको प्रतियोगितामा सुर्खेतका १८ जना खेलाडीहरुलाई बिहीबार(आज) एक कार्यक्रम बिच विदाई गरिएको हो ।
आयोजगका अनुशार सुर्खेतको पहिलो खेल यहि माघ ११ गते दिनको २ः३० बजे बिराटनगर संग खेल्ने भएको छ भने दोस्रो खेल बांसगढि संग यहि १३ गते खेल्दै छ ।



Milan Shrestha । ९ माघ २०७६, बिहीबार १७:५३ बजे