भरतराज बिष्ट
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाका प्रमुख जसिप्रसाद पाण्डेले नगरपालीकाका प्रत्येक बिधालयमा छड्के अनुगमन शुरु गरेको बताउनु भएको छ । कालीकोट जिल्लामा शैक्षिक गुणस्तरको प्रश्न उठिरहेका बेला जिल्लाका सरोकारवालाहरुले ध्यान नपुर्याएका कारण प्रत्येक बिद्यालयको पढाईमा अस्तब्यस्त बताउँदै उहाँले विद्यालयको अनुगमन गरि नगरपालीकामा रहेका सम्पूर्ण बिद्यालयमा सत प्रतिसत बालबालीकाहरुको उपश्थिति, सत प्रतिसत शिक्षकको उश्थिति र सत प्रतिसत पाठ्यपुस्तको उपलब्धता नभए जुनसुकै बेला कार्वाहि अगाडि बढाउने बताउनु भयो ।
सदरमुकाममा रहेका माविहरुमा शिक्षक बिद्यार्थिहरुको अनियमित्तता तत्काल अन्त्य गराउने प्रतिबद्धता व्यक्त गर्दै प्रमुख पाण्डेले केहि दिन अगाडि जिल्लाको पँञ्चदेव मावि मान्ममा अगनुगमन गर्न जाँदा दिउसोको १२ बजे पनि शिक्षक र बिधार्थि नभेटेको बताउँदै बिद्यालयका कक्षा कोठामा बाख्राहरुको बस्ने थलो बनाइएको बताउनु भयो ।
जिल्ला सदरमुकाम मान्ममा रहेको माबिका शिक्षक र बिधार्थिहरुको उपस्थिति दर देख्दा सामुदायिक बिद्यालयको पठनपाठन सुधार गर्न यथाशिघ्र शिक्षक, बिधार्थी, अबिभावक लगाएत जनप्रतिनिधिहरुको सहभागितामा तत्काल बैठक बोलाई समस्याको पहिचान गर्ने नगरपालीका प्रमुख जसिप्रसाद पाण्डेले बताउनुभयो ।



Prawash Kumar Shakya । १७ भाद्र २०७४, शनिबार १५:१९ बजे