रास्कोट मेला सम्पन्न, पुरानालाई सम्मान, नयाँलाई हौषला


कृष्णराज धमाला
फागुन २८, सुर्खेत ।

स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र ब्यापारमा स्वाभीमान, कला, सँस्कृति, साहित्य रास्कोटको पहिचान भन्ने मूल नारा सहित पहिलो रास्कोट मेला भब्य रुपमा सम्पन्न भएको छ ।
रास्कोट कला, सँस्कृति, साहित्य प्रतिष्ठानका उपाध्यक्ष कस्मिरा शाहीको अध्यक्षतामा आयोजीत मेलाको बरिष्ट देउडा खेलाउडा तथा कवि नेत्रराज शाही मौषमले उद्घाटन गर्नुभएको थियो ।

सम्पन्न मेलामा देउडा, झोडा, माँगल, हुड्के तथा बिभिन्न कलाकारहरुका प्रस्तुतिहरु पनि समेटीएको जनाइएको छ । प्रतिष्ठानका उपाध्यक्ष कमलराज शाही कञ्चनले दिएको जानकारी अनुसार देउडाको क्षेत्रमा उल्लेख्य योगदान पुगाएबापत् नेत्रराज शाही मौषम, गजलमा योगदान पुगाए बापत प्रकाश बम परीश्रमि, धामी झाँक्रिबाट पाल्सि शाही, देउडाबाट दलबिर शाही, हंशे तिरुवा, बिष्नु शाही (झोडा), धर्मा न्यौपाने, खेमराज फडेरा, गोरीकला शाही, रामे दर्जी, नान्टे परीवार, चन्द्रमणी बराल, भृकुटी शाहीलाई सम्मान समेत गरीएको छ ।

नगरपालिका उपप्रमूख मिमसरा बम शाही, बयोबृद्ध दलबिर शाहीको बिशिष्ट आतिथ्यतामा भएको मेलाले त्यहाँको भाषा, सँस्कृतिको संरक्षणका साथै नव सर्जकहरुलाई हौषला र अग्रजलाई सम्मानीत हुने अबसर जुराएको बताइएको छ ।