नगरपालिकालाई ५ बर्ष भित्र सम्बृद्ध बनाउ छु–प्रमुख शाही


कृष्णराज धमाला
चैत्र ५, सुर्खेत ।
कालीकोटको तिलागुफा नगरपालिकालाई ५ बर्ष भित्र सम्बृद्ध बनाउन आफु कम्मर कसेर लागेको नगरप्रमुख रतन शाहीले बताउनु भएको छ । रिपोर्टर्स क्लब नेपाल प्रदेश कार्यालय सुर्खतले गरेको साक्ष्तकार कार्यक्रममा बोल्दै आफुले पदभार ग्रहण गरेको ११ महिनामा ठिन्क्या रुडु सडक खन्ड ९ किलो मिटर, पाखे ढुङ्गगा सडक ७ किलोमिटर, पानीखाल देखि पिपल गौडा ६ किलोमिटर, भैसि गौडा देखि ठिन्के सम्म ६ किलोमिटर सडकको निमार्ण कार्य १ करोड, ४० लाखको लागतमा सम्पन्न भएको प्रमूख शाहीको भनाईछ ।

एक दर्जन बढि योजना निमार्ण कार्यमा रहेको, शिक्षा स्वास्थ्यलाई पनि ब्यबस्थित गर्दै लिने योजना सुनाउँदै उहाँले विकासिय बजेटलाई बिकासमा मात्र लगानि गरेको दाबि गर्नुभयो । नगरपालिकाका सबै जनप्रतिनिधिलाई जिल्ला बाहिर भ्रमण हैन नगरपालिकाको कुना कुनामा भ्रमण गराउने पनि उहाले थप्नुभयो ।

नगरपालिकाका जनतालाई सिंहदरबारका सबै अधिकार स्थानिय निकायमा आएको महसुस गराउने र जनताको हितका लागि काम गर्न कटिबद्ध रहेको भन्दै नगरप्रमूख शाहीले अबको ५ बर्ष भित्र शिक्षामा ८० प्रतिसत सुधा र सामुदायिक बिद्यालय लाई प्रोत्साहन गर्ने गरि नगरपािलकाको १० बर्षिय रणनैतिक योजना बनाउन सुरु गरिएको बताउनु भयो ।

साक्षात्कार कार्यक्रममा बोल्दै प्रमूख शाहीले नगपालिकाका ३ वटा वडालाई लोकतन्त्र पछिको नेपाल कै पहिलो बालमैत्रि स्थानिय शासन घोषणा गरेको जानकारी दिदै अबको ३ बर्ष भित्र नगरपालिकालाई नै बालमैत्रि स्थानिय शासन घोषणा गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले गएको पौसमा मात्र पुर्ण खोपयुतm नगरपालिका पनि घोषण गरिनु नगरपालिकाको विकासमा लागिरहेको तथ्य भएकोमा जोड दिनुभयो