सुर्खेतमा पनि सोनाम ल्होछार मनाइएन ।


मिलन श्रेष्ठ ।
पुस, ४ सुर्खेत ।
तामाङ समुदायले आज सोनाम ल्होछार अर्थात नयाँ वर्ष औपचारिक कार्यक्रम गरी मनाइएन । सोनाम ल्होथो अर्थात सोनाम कृषि चन्द्रपात्रो अनुसार आजभन्दा ठीक १ महिनापछि फागुन ४ गते मात्रै ल्हो फेरिने भएकोले आज नमनाइएको तामाङ समुदायका संघसंस्थाका अगुवाले जनाएका छन् ।

यता सरकारले भने आजै सोनाम ल्होछारको सार्वजनिक विदा दिएको छ ।

नेपाल तामाङ घेदुङलगायत विभिन्न १ सयभन्दा बढी संघसंस्थाले यसअघि नै सरकारले दिएको सार्वजनिक विदा सार्न अनुरोध गरेपनि त्यसको सुनुवाइ नहुनु दुःखद भन्दै एक महिनापछि मात्रै मनाउने जनाएका छन् ।

नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले सोनाम ल्होछारको विदा आज दिएपनि ल्होछार भने योपटक मलमासले गर्दा एक महिनापछि ग्याल्बो ल्होछारसँगै परेकाले त्यसदिन मात्रै मान्ने बताए ।

हृ्योल्मो, घलेलगायतका हिमाली भेगमा बसोबास गर्ने समुदायले भने आजै ल्होछार मनाउने जनाएका छन् ।

मञ्जुश्री पात्रोअनुसार यो वर्ष चरा वर्ष पूरा गरी कुकुर वर्षमा प्रवेश हुँदैछ । एक वर्षमा एक ल्हो मानि १२ वर्षमा १२ वटा जनावरको नाममा चक्र पूरा हुने पम्परा छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गर्ने परम्परा रहेको खेन्पो सोनाम ग्युर्मीले जानकारी दिए ।

यसै गरी मलमासका कारण अधिराज्य भरी तामाङ समुदायले सुर्खेत जिल्लामा यस अघि विभिन्न कार्यक्रमहरु गरी यस बिशेष चाडलाई मनाउदै आईरहे पनि यस बर्ष (आज) परेको सोनाम ल्होसारलाई नमाउने कुरा तामाङ घेदुङ समाज सुर्खेतकी सचिव लक्ष्मि तामाङले जानकारी दिईन ।