फोनिजको २१औं स्थापना दिवस, सुर्खेतमा शोक सभा


२७ साउन, सुर्खेत । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कर्णाली प्रदेशले आज फोनिजको २१औं स्थापना दिवस मनाएको छ ।

फोनिज कर्णाली प्रदेशका इन्चार्ज अशोक राजीले  अहिले सुर्खेतका आदिवासी जनजातिहरु नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका अध्यक्ष पञ्चसिंह रोकाय खाम्पाको निधनले शोकमा रहेकाले शुभकामना आदानप्रदान नगरि शोक व्यक्त गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कर्णाली प्रदेशका अध्यक्ष वीरबहादुर रावत भोटेले सुर्खेतका आदिवासी जनजातिहरुले एक सच्चा निर्भिक र निडर आदिवासी नेता गुमाएको बताउँदै मृत्युको मुखबाट बाचेर आउनुभएका रोकायलाई कुनैपनि सरकारी निकायले सहयोग नगरेको आरोप लगाउनुभयो ।

त्यस्तै कार्यक्रममा नेपाल पत्रघकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले रोकाय जनजाति नेता मात्र नभएर एक मिडियाकर्मी पनि भएको बताउँदै उहाँले मिडियामा चाल्नुभएको कदमलाई सबै मिडियाकर्मीले साकार पार्न लाग्नुपर्ने औल्याउनुभयो ।

नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका कार्यवाहक अध्यक्ष जीवनकुमार शाक्यले अब आफ्नो काँधमा ठूलो जिम्मेवारी थपिएको बताउनुभयो । उहाँले भन्नुभयो “पञ्च जी शुरु गर्नुभएको बुद्ध सरोबरलाई अब सबै मिलेर सार्थक तुल्याउनुपर्ने छ ।

कार्यक्रममा सुर्खेतमा रहेका विभिन्न जातिए संस्थाका अगुवा प्रतिनिधी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।