६ माघ । सुर्खेत । अहाय अशक्त र जेष्ठ नागरिकहरुलाई पुर्स्थापनामा लागि परेको संस्था नीलसागर बृद्धाश्रम बाँकेले सुर्खेतमा आज आफ्नो शाखा विस्तार गरेको छ ।
आज सुर्खेतमा एक कार्यक्रमको आयोजना गरि नीलसागर बृद्धाश्रम केन्द्र बाँकेले सुर्खेतमा समाजसेवी जीवनकुमार शाक्यको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । जस्को उपाध्यक्षमा पुष्पा कोइराला, सचिवमा राजेन्द्र विष्ट, कोषाध्यक्ष रमा आचार्य, सहकोषाध्यक्ष प्रभा रावत र सदस्यहरुमा कृष्णनाथ योगी, लिला गुरुङ्ग, गंगाराम आचार्य, कुलबहादुर ठाडा, खेमराज सापकोटा र प्रतिमा गौतम रहेकाछन् ।
त्यस्तै सल्लाहकार समितिको संयोजकमा गेहेन्द्रप्रसाद दाहाल र सदस्यहरुमा निर्मल पन्त र दिपा सापकोटा रहेका छन् ।
नीलसागरले सुर्खेतमा रहेको प्रशान्ति बृद्धाश्रम संग सहकार्य गरि अगाडी बढ्ने र विषेश गरि संस्थाले विषेश गरि असहाय, असक्त जेष्ठ नागरिकहरुलाई उनीहरुकै घरमा पुर्स्थापना गर्ने रहेको नीलसागरका अध्यक्ष खनालले बताए ।
नीलसागरले अहिले सम्म ३२ जनालाई उनीहरुकै परिवारमा गृह पुर्स्थापना गरेको, एकजना बृद्धको देवसान हुँदा अध्यक्ष आफैले हिन्दु परम्परानुसार क्रिया गरेको तथा हाल आश्रममा २६ जना आश्रित रहेको नीलसागरका उपाध्यक्ष नारायणबहादुर सुबेदी (अमन)ले बताए ।



Prawash Kumar Shakya । ६ माघ २०७४, शनिबार १२:१८ बजे