फोहरमैला व्यवस्थापन गर्न कार्यशाला गोष्ठी


१७ चैत्र, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लामा रहेका ४ वटा नगरपालिका वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट र पञ्चपुरी नगरपालिकाको फोहोरमैला ब्यबस्थापन गर्न २ दिने कार्यशाला गोष्ठीको  आजबाट शुरु भएको छ ।

जिल्लामा रहेका ४ वटा नगरपालिकाहरुको फोहोर व्यवस्थापन उचितरुपमा नहुँदा उत्पन्न भएको समस्याहरुको समाधानको खोजी गर्न कार्यशालाको आयोजना गरिएको बताइएकाे छ ।

लिड नेपालको आयोजना तथा वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा दुईदिन सम्म चल्ने गोष्ठीमा सान्दर्भिक नितिको निर्माण गरि फोहरमैला व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएका सरोकारवालहरुको क्षमता अभिबृद्धि गरि वातावरण मैत्री प्रविधीको अध्ययन गर्दै व्यवस्थापनलाई दिगो बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरेको आयोजकले जानकारी दिएको छ ।

२ दिन सम्म चल्ने गोष्ठीमा चार वटै नगरपालिकाको फोहर व्यवस्थापनको समस्या पहिचान गरि वातावरण मैत्री तथा प्रयोगात्मक तरिकाले उचित व्यवस्थापनको उपाय खोजिने बताइएको छ ।

कार्यशालामा नेपाल तथा भारतका बिज्ञहरु सहित कर्णाली प्रदेशका प्रमूख सचिव, चारवटै नगरपालिकाका प्रमूखहरु, प्रदेश मन्त्रालयका प्रतिनिधिहरु, वडाध्यक्षहरु, नगरपालिकाका अधिकृतहरु, विभिन्न संघसंस्थाका प्रमूख प्रतिनिधिहरु सहभागिता रहेको आयोजकले जनाएको छ ।