कर्णाली प्रदेश सरकारका मुख्यन्याधिवक्ता श्रेष्ठ सम्मानित


२५ पौष, सुर्खेत । कर्णाली प्रदेश सरकार मुख्यन्याधिवक्ता ध्रुवकुमार श्रेष्ठ सम्मानित हुनुभएको छ ।

सुर्खेत बहुउदेश्यीय सहकारी संस्था लिमिटेड आफ्नो २०औं साधारण सभामा संस्थाका संस्थापक अध्यक्ष एवं संरक्षक श्रेष्ठलाई कर्णाली प्रदेश सरकारको मुख्यन्याधिवक्ताको जिम्मेवारी सम्हाल्नुभएकोमा सम्मान पत्र प्रदान गरेको हो ।

सम्मान पत्रमा संस्थापक अध्यक्ष श्रेष्ठले प्रदेशको न्याय क्षेत्र शिक्षा क्षेत्र सहकारी अभियानलाई समृद्ध बनाउन विभिन्न भूमिकाहरुमा निष्ठापूर्वक सक्रिय रही अतुलनीय योगदान पुर्याउनुका साथै प्रदेश सरकारको मुख्यन्याधिवक्तामा नियुक्त हुनुभएकोमा सफलताको कामना गर्दै कार्यकाल सफलताको कामना गरिएको छ ।