२८ साउन, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका सुर्खेतले नगर कार्यपालिका र आफ्नो मातहतका सम्पूर्ण वडा कार्यालयहरु यहि साउन ३० देखि आगामी भाद्र ५ गते सम्म बन्द रहने जनाएको छ ।
नगर स्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको निर्णय अनुसार वीरेन्द्रनगर नगरपालिका र मातहतका वडा कार्यालयहरु पूर्णरुपमा बन्द हुने जनाएको हो । तर यस अवधीमा भने कोरोना व्यवस्थापन, स्वास्थ्य तथा सरसफाई, फोहरमैला व्यवस्थापन र विपद व्यवस्थापन भने सुचारु हुने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले यसबाट जनतामा पर्न जाने असुविधा प्रति क्षमायाचना गर्दै कोरोना भाइरसको संक्रमण न्यूनीकरणकालागि उच्च सतर्कता अपनाई अतिआवश्किय काम बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ । साथै नगरबासीहरुमा चाडवाड र धार्मिक परम्परा संग सम्बन्धित भिडभाड हुने र असुरक्षित हुने गतिविधीहरु सञ्चालन नगर्न अनुरोध गरेको छ ।




Prawash Kumar Shakya । २८ श्रावण २०७७, बुधबार २१:०० बजे