जुम्लामा करिब पौने ३ करोड राजस्व संकलन



अविरल ढकाल, जुम्ला
माघ १०
जुम्लामा यो पहिलो चौमासिंकमा करिब २ करोड ७२ लाख ८५ हजार ५ सय ८१ रुपैँया राजश्व संकलन भएको छ । १ दिनमा कर तिर्नको लागि २० देखि ५० जना सेवाग्राही आउने गरेको करदाता सेवा कार्यालय जुम्लाले जनाएको छ ।

जिल्ला करदाता सेवा कार्यालयमा पहिलो चौमासिकमा जम्मा भएको राजश्वमा आय करमा १ करोड ५९ लाख ९१ हजार, बहाल कर १० लाख, ८ हजार, व्याज कर १ लाख ९ हजार, मु.अ. कर (आन्तरिक) ८२ लाख ४४ हजार, अन्त शुल्क (आन्तरिक) १९ लाख १६ हजार र शिक्षा सेवा शुल्क करमा १५ हजार ९ सय र अन्य कर गरे जम्मा २ करोड ७२ लाख ८५ हजार ५ सय ८१ रुपैँया करदाता सेवा कार्यालय जुम्लामा राजश्व संकलन भएको छ ।

कहिले काँही कार्यालयमा एक जना मात्र कर्मचारी हुदाँ एक्लै भ्याइन भ्याइ हुने र एक दिनमा २० देखि ५० जना सम्म सेवाग्राही कार्यालयमा सेवा लिनको लागि आउँछन् । नयाँ उद्योग दर्ता गर्ने र कर तिर्ने सेवाग्राहीको भिड हुने गर्दछ तर आज हिउँ परेकोले कम आएका करदाता सेवा कार्यालय जुम्लाका कम्प्युटर अपरेटर सुनिता बुढाले बताइन् ।

कार्यालयमा हाल ५ जना कर्मचारी कार्यरत छन् । २ जना स्थायी र ३ जना करारका कर्मचारी रहेका छन् । गत वर्षको तुलनामा यो वर्ष पहिलो चौमासिकमा नै दोब्वर राजश्व संकलन भएको ​ करदाता सेवा कार्यालय जुम्लाका कम्प्युटर अपरेटर सुनिता बुढाले बताइन् ।