कोरोना महामारीलाई मध्यनजर गर्दै रक्तदान


३ जेठ, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को दोश्रोचरणको महामारी तिब्रगतिमा बढे संगै रगतको अभावलाई मध्यनजर गर्दै आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

अनेरास्ववियू सुर्खेत र मदन भण्डारी स्पोर्टस् एकेडेमी सुर्खेतले आज संयूक्तरुपमा २८ औं मदन-आश्रित स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

रक्तदान कार्यक्रममा २१ जना रक्तदानहरुले रक्तदान गर्नुभएको थियो ।

यसैवीच २८ औं मदन-आश्रित स्मृति दिवसको अवसरमा नेपाल खेलकूद महास‍ंघ नेकोस कर्णाली प्रदेशले कोभिड-नो भिडको आह्वान गर्दै कोरोना महामारीको लडाईमा खटिने सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीलाई मास्क र स्यानिटाइजर हस्ताण्तरण गरेको छ ।