भारत द्वारा गाउँपालिकालाई एम्बुलेन्स उपहार


अविरल ढकाल, जुम्ला
माघ १२
भारतले आफ्नो संविधान जारी भएको जनवरी २६ का अवसरमा भारतिय दुतावासले जुम्लाको पातारासी गाउँपालिकालाई एउटा एम्वुलेन्स उपहार दिएको छ । दुतावासले पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहोरालाई वोलाएर एम्वुलेन्स हस्तान्तरण गरेको हो ।

गत असार महिनामा भारतिय दुतावासमा पातारासी गाउँपालिकाका बासिन्दाले स्वास्थ्य क्षेत्रमा भोग्दै आएको पिडालाई आधार मान्दै निवेदन दिएका थिए, अहिले त्यहि निवेदनका आधारमा एम्वुलेन्स पाउदा निकै खुसी भएको छु अब एम्वुलेन्सले यहाँका विरामीलाई समयमै अस्पताल पुर्याएर अकालमै मृत्युवाट बचाउने अवसर मिलेको अध्यक्ष बोहोराले बताए ।

भारतिय दुतावासले ३० वटा एम्वुलेन्स र ६ वटा बस वितरण गरेकोमा जुम्लाको पातारासी गाउँपालिकालाई एम्वुलेन्स परेको हो ।

पातारासी गाउँपालिकामा ४ वटा स्वास्थ्य चौकी छन । एउटा स्वास्थ्यचौकीबाट न्युनतम ३ देखि ६ घण्टा सम्म विरामीलाई सदरमुकाम खलंगा ल्याउन समय लाग्ने गर्छ । भारतले हरेक वर्ष जनवरी २६ मा सहुलियत स्वरुप एम्वुलेन्स र स्कुल बस प्रदान गर्ने गर्दछ ।

सडकको डिजाईन स्टमेट भईसकेको छ, अव प्रत्येक स्वास्थ्य संस्थामा एम्वुलेन्स पुगेर विरामीको ओसार्ने छ । अव अकालमा मृत्यु पर्खनु पर्दै । लासी सडक स्तरृवृद्धि हुदैछ । असार मसान्त सम्म पक्की पुल निर्माणको काम सकिने र उर्थु देखि लासी सम्म सडक स्तरउन्नती गरेर सहज यात्राको सुनिश्चित अध्यक्ष बोहोराले बताए ।

तत्कालिन डिल्लीचौर, छुमचौर, पातारासी र पट्मारा गाविस मिलाएर पातारासी गाउँपालिका बनाइएको हो । यहाँको जनप्रतिनिधीको पहलमा भएको सवै भन्दा उदाहरणीय काम भएको स्थानियले बताएका छन । गाउँपालिकाले एम्वुलेन्स प्राप्त गरेको खवरले स्थानीयमा खुसी छाएको छ ।

अहिले पनि जटिल प्रकारका विरामी पर्दा पातारासी गाउँपालिकावासीले स्टेचरको सहज पहुँच नहुँदा डोको र डोली वनाएर विरामी वोक्ने गरेका छन ।