सबै बिकास फिफाले गर्देन, स्थानिय सरकारको पनि उत्तिकै जिम्मा छः अध्यक्ष शेर्पा


 

सम्मान तथा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दे अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा ।

मिलन श्रेष्ठ

सुर्खेत, २१ असोज । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले सबै बिकास फिफाले गर्ने होईन स्थानिय र प्रदेश सरकारले उत्तिकै जिम्मा लिनु पर्ने औल्याएका छन् । आईतबार (आज) सुर्खेत जिल्ला फुटबल संघ सुर्खेतले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा अध्यक्ष शेर्पाले उक्त कुरा बताएका हुन् ।

 

स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष शेपाले एन्फाले अब जिल्लामा  दुईवटा लिंग खेलको आयोजना गर्ने भन्दै बालबालिकाहरुको लागि पनि जिल्ला र प्रदेश स्तरिय प्रतियोगिता गराईने जानकारी समेत दिए । उनले थपे सात वटै प्रदेशमा १४ वटा टेक्निकल सेन्टर र प्रत्येक प्रदेशमा महिला र पुरुष दुबै टेनिंग सेन्टर संचालन गराउने तयारिमा भईरहेका बताए ।

कार्यक्रमका सहभागीहरु ।

यस्तै एन्फाका उपाध्यक्ष पंकज बिक्रम नेम्वाªले भविष्यका लागि राम्रा खेलाडी उत्पादन गर्न एन्फाले अहिले सुर्खैत सहित ४५ वटा जिल्लामा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । उनले फुटबल विकासको जग नै जिल्ला भएको भन्दै जिल्ला लिंगलाई प्रभावकारी बनाइने पनि बताए । अर्का उपाध्यक्ष उपेन्द्रमान सिंहले उत्कृष्ट खेलाडी र राम्रा प्रशिक्षक उत्पादनमा एन्फाले बिशेष जोड दिएको बताए ।

 

सुर्खैत जिल्ला फुटबल संघ सुर्खेतका अध्यक्ष जनक रावलको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी खेलाडी तथा प्रशिक्षकहरुले पूर्वाधार विकास, निरन्तर प्रतियोगिता सञ्चालन, राम्रो प्रशिक्षणको व्यवस्था र उचित पुस्कार दिन सकेमा मात्र फुटबलको विकास हुने सुझाव एन्फा पदाधिकारीहरुलाई दिएका थिए ।

एन्फाका अध्यक्षलाई सम्मान सहित मायाको चिनो प्रदान गर्दे जिल्ला अध्यक्ष रावल ।