अविरल ढकाल, जुम्ला
माघ १४
नेपाल सरकारले स्थानिय किसानहरुलाई प्रोत्सहान गर्नको लागि जुम्लामा स्थानिय अर्गानिक खाद्यबालीको संकलन कार्य सुरु गरेको छ । २०७० बाट सुरु गरेको अर्गानिक खाद्य बाली संकलन कार्य विगतका वर्ष भन्दा यो वर्ष किसानहरु बढी आकर्षित भएका छन् ।
यो वर्ष जुम्लाको लोकल सिमी र फापर खाद्य संस्थान जुम्लाले संकलन कार्य गरि रहेको छ । स्थानिय किसान राधा खत्रीले भनिन, यस अघि किसानहरुले उत्पादन गरेेको अन्न कहाँ लगरे बेच्ने हो भन्ने चिन्ता हुन्थ्यो, बजारमा बेच्न लगे भने पनि खोजे जस्तो बजार भाउ पाउँदैन्थ्यौ तर अहिले नेपाल सरकारले खाद्य संस्थान मार्फत स्थानीय बालीको संकलन गर्न थाले पनि हामी किसान वर्गले राहत पाएका छौ । पहिले उत्पादन भएको खाद्यान्न कसैले पनि बेच्न पाउँदैन थियौ । ४ वर्ष देखि हामी जुम्ली किसानले आफुले उत्पादन गरेका खाद्य बाली बाट आम्दानी गर्न पाएका छौ यो हामी किसानको लागि गर्वको कुरा भएको खत्रीले बताइन ।
खाद्य संस्थान जुम्लाका प्रमुख रणबहादुर ऐरले भने, जुम्ला जिल्लाको एक नगरपालिका र सात वटा गाँउपालिका बाट किसानहरुले जुम्लाको लोकल सिमी र फापर बेच्नको लागि खाद्य संस्थान जुम्लामा ल्याउने गरेको छन । किसान लाई सरकारले प्रोत्सहान दिनको लागि नै स्थानिय बालीको संकलन तथा बजारीकरणको लागि पहँल गरेको हो । यो वर्षजुम्लामा सिमीको संकलन कोटा १ सय क्वीन्टल र फापर ३० क्वीन्टल कोटा संकलन गर्ने लक्ष्य रहेको शाखा प्रमुख रण बहादुर ऐरले बताए ।
खाद्य संस्थानले हाल जुम्ली लोकल सिमी प्रति केजी १ सय १० र फपर ८० रुपैँयामा संकलन गरि रहेको छ । यो वर्ष जुम्ला बाट ११ लाख बराबरको लोकल सिमी तथा २ लाख ४० हजारको फापर यो वर्ष संकलन गरिने लक्ष्य संस्थानले लिएको छ ।
हाल जुम्लाबाट जौँ, आलु काली मार्सी र चामल, सिमी र फापर लगायतका खाद्यन्न वाली निर्यात हुने गरेको छ । यो वर्ष ३ सय ६५ जना व्यापारीले स्थानिय खाद्य बालीको व्यापार गर्नको लागि जिल्ला कृषि विकास कार्यालय बाट सिफारिस लिएका छन् ।
जुम्ला बाट निर्यात हुने खाद्यमा जौँ, आलु, काली मार्सी र चामल, सिमी, फापर लगायतका स्थानिय खाद्य वालीको संकलन गरेर खाद्य संस्थान जुम्लाले खाद्य संस्थान सुर्खेत पठाउदै आएको छ ।



Prawash Kumar Shakya । १४ माघ २०७४, आईतवार ०६:१६ बजे