
२८ जेठ,सुर्खेत । सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाले सहकारीमा आवद्धता हुनुभएका नयां शेयर सदस्यहरुलाई १ दिने सहकारी शिक्षा तालिमको संचालन गरेको छ ।

सहकारीको मूल्य, मान्यता र सिद्धान्तका बारेमा सहकारीका शेयर सदस्यहरुलाई जानकारी दिनुका साथै विभिन्न उद्धेश्य परिपूर्ति गर्नका लागी सहकारी संस्थाबाट परिचालन भएको कर्जालाई सहकारीका सदस्यहरुले सहि परिचालन नगरि अन्यत्र लगानी गर्ने प्रबृद्धि रहेकाले उक्त परिपातीलाई रोक्नका लागी सहकारी शिक्षा तालिमको आयोजना गरिएको कार्यक्रमका सभापति एवंम् सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष पुर्णबहादुर नेपालीले जानकारी दिनुभयो ।

सहकारी संस्थाका सदस्य एवंम् महिला परिचालन उप–समिति संयोजक चन्द्रा खड्का लामिछानेले स्वागत मन्तव्य दिनुभएको तालिममा संस्थाका सचिव मिलन श्रेष्ठले प्रष्ट पार्नुभएको तालिममा संस्थाका अध्यक्ष पुर्णबहादुर नेपाली, संचालक सदस्य एवंम् कर्जा उप–समितिका संयोजक महेश्वर तिवारी, संचालक सदस्यहरु इन्द्रबहादुर थापा, चन्द्रा खड्का,शिक्षा उप–समितीका सदस्य नरेन्द्र सापकोटा, महिला परिचालन उस–समिति सदस्यहरु लक्ष्मी बि.सी.रुपा न्यौपाने,परियोजना निरिक्षण उप–समिति सदस्य हिक्मत चन्द र संस्थाका प्रबन्धक प्रवेशमान मानन्धर लगाएतको उपस्थित रहेको सहकारी शिक्षा तालिमको सहजीकरण प्रशिक्षक नवराज उपाध्यायले गर्नुभएको थियो।




Milan Shrestha । २८ जेष्ठ २०७९, शनिबार १९:२८ बजे