९ बैशाख, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को संक्रमण कर्णाली प्रदेशमा पनि तिब्र गतीमा बढिरहेको पाइएको छ ।
कर्णाली सहित देशभर आज कोरोनाका २४ सय २८ जनामा संक्रमण पुष्टी भएको हो । आज कर्णाली प्रदेशमा मात्र ८७ जनामा संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घन्टामा कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतबाट ९० जना (नब्बे) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट १६ जना (सोह्र) गरी RT-PCR विधिबाट परीक्षण गरिएको संख्या १०६ जनामा ८७ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ । जस्मा महिला ३३ र पुरुष ५४ जना रहेको बताइएको छ ।
यस्तै Rapid Antigen विधिबाट पछिल्लो २४ घन्टामा: ५७ जनाको परिक्षण गर्दा १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको निर्देशनालयले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।



Prawash Kumar Shakya । ९ बैशाख २०७८, बिहीबार १७:१९ बजे