स्याउको विरुवामा किरा लाग्दा किसान चिन्तित



अविरल ढकाल, जुम्ला
माघ १७
जुम्लाका किसानहरुले लगाएका स्याउका विरुवामा लाई किरा देखिए पछि किसानहरु चिन्तित भएका छन् । बगैचा व्यस्थापन अन्तरगत काटछाट गर्ने क्रममा किसानहरुले स्याउको विरुवामा लाई किराले विरुवालाई खाएको भेटाएका छन् । विरुवाको टुप्पोबाट लाई किराले विरुवालाई खान थाले पछि जुम्लाका किसानका स्याउका रुखहरु सुख्दै गएका छन् ।

चन्दननाथ नगरपालिका २ का स्याउ किसान कृष्णभक्त आचार्यको स्याउ बगैँचामा लाई किराले स्याउको विरुवालाई संक्रमण गरेको पाइएको छ । आचार्यले स्याउ बगैँचालाई व्यवस्थापन गर्ने क्रममा स्याउको रुखलाई काटछाट गर्दा विरुवाको टुप्पो बाट विरुवाको भित्री भाग सम्म पुगेर नष्ट गरेको भेटीएको हो ।

लाई किराले गर्दा स्याउका उत्पादन दिने विरुवा सुख्दै गएका छन् । यसले गर्दा आउने वर्षस्याउ उत्पादनमा कमि आउने किसान आचार्यले बताए । आचार्यको स्याउ वगैँचामा रहेका पचास भन्दा बढी विरुवामा ३० भन्दा धेरै स्याउको विरुवामा लाई किराले लागेको भेटिएको छ ।

लाई किराले विरुवालाई नष्ट गर्न लागेका तीन वर्षभयो, स्याउ खेतिमा लागेको किरालाई रोकथाम गर्न कुनै पनि निकायले पहल नलिएको स्याउ किसान कृष्णभक्त आचार्यले बताए ।

व्यवसायिक रुपमा स्याउ खेति गरेको चार वर्षदेखि नै यो लाई किराले विरुवालाई नष्ट पार्दै आएको अर्का किसान उदयबहादुर भण्डारीले बताए ।

भण्डारी गाँउका सवै स्याउ वगैँचामा लाई, ढुसी किराले किसानलाई सताउने गरेको  छ । ढुसी किरालाई नियन्त्रण लिन सजिलो छ तर लाई किराले त विरुवाको टुप्पो देखि विरुवाको जरा सम्म नै विरुवाको गाप नै खाने गरेको किसान भण्डारीले बताए ।

चन्दननाथ नगरपालिका ५ का धेरै किसानका स्याउ वगैँचामा पनि यो लाई किराको प्रोकोप देखिएको छ । किसानहरुले वगैँचा व्यवस्थापन गर्दा राम्रो संग ख्याल नगर्दा पनि लाई किराले विरुवामा संक्रमण गरेको जिल्ला कुषि विकास कार्यालय जुम्लाका कृषि प्राविधिक अनुपम उप्रेतीले बताए ।

जुम्लाका अधिकांश स्याउ वगैँचामा यो लाई किरा देखा परेकोले जुम्लाका स्याउ किसानहरु रोग लाई कसरी नियन्त्रण गर्ने तर्फ जिल्ला कृषि विकास कार्यालय र स्याउ सुपरजोनले पनि सहयोग नगरको किसानहरुले गुनासो गरेको छन् ।