
पवन जायसवाल
नेपालगन्ज । नेपालकै दोस्रो जेठो सामाजिक संस्था नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको शनिवार सम्पन्न २८ औं जिल्ला सभा तथा अधिवेशनले जनकराम भण्डारीको नेतृत्वमा आगामी २ वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अरुण प्रताप राणाले संस्थाको विधानको परिच्छेद उपदफा १८ अनुसार दर्ता भएको उम्मेदवारी बमोजिक निर्विरोध निर्वाचित हुनेहरुमा सभापति पदमा जनक राम भण्डारी, उप सभापति पदमा रचना श्रेष्ठ, सचिवमा बसन्त लामिछाने, कोषाध्यक्षमा श्यामसुन्दर अधिकारी, सह–सचिवमा सन्ध्या शर्मा रहनु भएको छ । त्यसैगरि सदस्यहरुमा शीला शाह, पूर्णलाल चुके, सुश्री ज्ञानु श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, प्रहलाद विश्वकर्मा र प्रशान्त श्रेष्ठ रहनु भएको छ ।
विधान अनुसार अधिवेसनले स्वास्थ्य विशेषज्ञ स्वास्थ्यकर्मीमा सेमराज शाक्यलाई चयन गरेको छ र पदेन सदस्यमा निर्वतमान सभापति बदरुद्दीन अन्सारी समेत १३ सदस्यीय कार्यसमिति रहेकोछ । त्यसैगरि सल्लाहकारमा सुश्री शान्ति श्रेष्ठ, डा. ज्ञानकुमार वर्मा, डा. सुभाष योगी, सुन्दरलाल शाक्य, डा. विजय प्रधानलाई मनोनयन गरिएको छ ।
केन्द्रीय प्रतिनिधिको रुपमा सहभागी संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अरुण प्रताप राणाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण गराउनु भएको थियो ।
यसअघि कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य धवल शम्शेर राणाले अधिवेसनको उद्घाटन गर्नु भएको थियो । सो अवसरमा विशिष्ठ अतिथि लुम्बिनी प्रदेशका सभासद् मीना श्रेष्ठ, संस्थाका केन्द्रीय सदस्य सेमराज शाक्य, पूर्व शाखा अध्यक्षद्वय सुश्री शान्ति श्रेष्ठ, पूर्ण लाल चुकेले आआफ्नो धारणा राख्नु भएको थियो ।
सहसचिव रचना श्रेष्ठले सञ्चालन गरेको उक्त अधिवेसनमा शाखा सचिव नरेन्द्र श्रेष्ठले वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । दुबै प्रतिवेदन बन्द सत्रमा सर्वसम्मत रुपमा पारित गरिएको थियो ।
सो अवसरमा प्रमुख अतिथि साँसद् धवल शम्शेर राणा र विशिष्ठ अतिथि लुम्बिनी प्रदेशका सभासद् मीना श्रेष्ठले संस्थाका करीब एक दर्जन आजीवन सदस्यहरुलाई आजीवन सदस्यताको प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
Prawash Kumar Shakya । २६ माघ २०८१, शनिबार १७:४२ बजे