
२२ माघ । सुर्खेत । सिङ्गारो म्यूजिक प्रा.लि. आयोजनामा संचालन हुने लागेको ६ प्रदेश आइडलको तयारी पुरा भएको सिङ्गारो म्यूजिकका प्रवन्ध निर्देशक विशाल ढकालले बताएकाछन् ।
आउँदो फागुन महिनाको पहिलो साताबाट आइडल शुरु हुने निर्देशक ढकालले जानकारी दिए ।
समाजमा रहेका कला संस्कृतिको संस्थागत विकास, दीगोपन र मौलिकतालाई जोगाई राख्नका लागि ६ प्रदेश आइडलको आयोजना गरिएको निर्देशक ढकालले बताए ।
आइडलमा प्रथम हुनेलाई ३ लाख नगद सहित मौलिक गीत रेकडिङ्गको अवसर, दोस्रोलाई २ लाख नगद र तेस्रो हुनेलाई १ लाख नगद पुरस्कार र कार्यक्रम उन्तर्गत उत्कृष्ट गायकलाई पचास हजार नगद पुरस्कार आयोजकले जनाएको छ ।
Prawash Kumar Shakya । २२ माघ २०७४, सोमबार १५:१६ बजे