निशुल्क मधुमेह परिक्षण


मिलन श्रेष्ठ
कार्तिक २८ सुर्खेत । सुर्खेत जिल्ला स्थीत विभिन्न लायन्स क्लबहरु र एशियन लाईफ ईन्स्योरेन्स कम्पनी शाखा सुर्खेतको आयोजनामा बुधबार (आज) वीरेन्द्रनगरमा निशुल्क मधुमेह परिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्थीत विभिन्न ११ वटा लायन्स क्लबहरु लायन्स क्लब अफ सुर्खेत, लायन्स क्लब अफ सुर्खेत बुलबुले, लायन्स क्लब अफ सुर्खेत भ्याली, लायन्स क्लब अफ सुर्खेत काक्रेबिहार, लायन्स क्लब अफ सुर्खेत मध्यपश्चिम, लायन्स क्लब अफ सुर्खेत वीरेन्द्रनगर, लायन्स क्लब अफ सुर्खेत भैरवस्थान, लायन्स क्लब अफ सुर्खेत शिबबिहार, लायन्स क्लब अफ सुर्खेत सिद्धपाईला, लायन्स क्लब अफ सुर्खेत कर्णाली र लायन्स क्लब सिटि,  लायन्स क्लब अफ सुर्खेत भेरी र एशियन लाईफ ईन्स्योरेन्स कम्पनी शाखा सुर्खेतको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

बिगत लामो समय देखि जिल्लामा लायन्स क्लबहरु गठन भए पश्चात लायन्स क्लबहरुले शिक्षा, स्वास्थ्य, बाल–बालिका, बृद्ध–बृद्धा लगाएत विभिन्न समाजिक क्षेत्रहरुमा कार्य गर्दे आईरहेको र समय–समयमा रक्तदान, निशुल्क मधुमेह परिक्षण जस्ता कार्यक्रमहरु गर्दे आईरहेको छ ।

लायन्स क्लब अफ सुर्खेत बुलबुलेका अध्यक्ष एमजेएफ लायन्स दलबहादुर गुरुको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक एडभाईजर एमजेएफ लायन्स टिकाराम चपाई, बिशेष अतिथि जिएसटी एमजेएफ लायन्स धनबहादुर रावत, एओजी लायन्स कमल नेपाल, अतिथिहरु रिजन चिएर पर्सन लायन्स हरिहर बस्नेत, डिस्ट्कि अफिसर लायन्स सरस्वती बस्नेत, जोन चियर पर्सन खगिसरा शाही, जोन चियर पर्सन लायन्स बिन्दु नेपाल, जोन ९४का जोन चियर पर्सन दिपेन्द्र ढकाल, लायन्स क्लब अफ सुर्खेत काक्रेबिहारकी अध्यक्ष लायन्स सारदा शेर्पा,लायन्स क्लब अफ सुर्खेत सिटीकि अध्यक्ष लायन्स तारा रावत, लायन्स क्लब अफ सुर्खेत शिबबिहारका अध्यक्ष प्रवेशमान मानन्धर, निवर्तमान अध्यक्ष बालकृष्ण श्रेष्ठ लगाएतको सहभागीता रहेको थियो ।
कार्यक्रमको सहजीकरण गर्दे लायन्स क्लब अफ वीरेन्द्रनगर सुर्खेतका अध्यक्ष लायन्स बिनुसि भास्करले यो महिनालाई बिशेष गरी मधुमेहको महिना भनि मनाउने गरिएको बताउनुभयो, उहांका अनुसार सर फिरडेरिक बेन्तिंग सन् १९२२ नोमेम्बर महिनाको १४ तारिखमा जन्मिएको र मधुमेह पत्ता लगाएको हुनाले उहांको जन्मदिनको रुपमा मनाउदै आउने गरिएको हो ।

यसै गरी आज समापन मधुमेह परिक्षण कार्यक्रमलाई हिमाल मेडिकल सेन्टर, जुम्ला रोड सुर्खेतले प्राविधि सहयोग गरेको थियो भने, सेन्टरका संचालक राजेन्द्र बिष्टका अनुशार हरेक घरमा कम्तिमा पनि १ जनालाई नर्सर्ने यो रोग देखा पर्दे आईरहको छ, तर समस्या कहांनिर छ भने यो रोगको समस्या देखिए पछि मात्र परिक्षण गर्ने आउने परिपाटिले गर्दा यो रोग कति जनामा छ भन्न नसकिने बताउनुभयो, उहाँका अनुशार बिशेष गरी ३५ बर्ष उमेर पुगी सकेकाहरुमा यो रोग देखा पर्दछ, तर यसको मतलब ३५ बर्ष भन्दा मुनिकालाई नहुने भन्ने चाहि होईन ।
बिष्टका अनुसार मलाई मधुमेह छ या छैन भन्नका लागी सके महिनामा १ पटक न भए ३–३ महिनामा अनिवार्य जचाउनु पर्ने बताउनुभयो । जसले गर्दा यो रोग लागेकाहरुले पनि पूर्ण रुपमा निर्मूल पार्न नसके पनि यो रोगले ग्रस्ति नबनाउने जानकारीदिनुभयो ।

लायन्स क्लब अफ सुर्खेत कर्णालीकी अध्यक्ष लायन्स सीता शर्मा स्वागत मन्तव्य सहित हाल आएर सर्ने रोग भन्दा नसर्ने रोगले मानिसहरुलाई बढी ग्रस्ति गराउने र मधुमेह नभएका कोहि पनि नभएको बताउदै आज महिला र पुरुष गरी कुल ७२ जनाको परिक्षण गरिएको जानकारी समेत दिनुभयो ।