कृष्णराज धमाला
सुर्खेत, २५, नेकपा माओवादी केन्द्र कालीकोटले राष्टिय सभा सदस्यमा निर्बाचि भएका सभासदलाई सुर्खेतमा बिहीबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । बाम गठबन्धन अन्तरगत नेकपा माओवादी केन्द्रबाट बिजयी कालीबहादुर मल्ल, जीवन बुढा र यूटोल तामागंलाई सम्मान गरीएको हो ।
प्रतिनिधि सभा सदस्य तथा माओवादी केन्द्र कालीकोटका इन्चार्ज दुर्गबहादुर रावतको अध्यक्षतामा आयोजीत सम्मान कार्यक्रममा बोल्दै पूर्ब गृह मन्त्रि जनार्दन शर्मा प्रभाकरले समाजवादको आधार प्रदेश नं. ६ बाट सुरु हुने दाबी गर्दै १० बर्ष भित्र यो प्रदेश समृद्ध प्रदेश बन्ने दाबी ठोकुवा गर्नुभयो । कार्यक्रममा पूर्ब गृहमन्त्रि तथा प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेतले जल, जमिन र जडिबुटिको उपयोग गरी समृद्ध देश बनाउने जिम्मा बाम गठबन्धनलाई जनताले दिएकाले त्यसको कार्यान्वयन हुनेमा आशावादी हुन सबैलाई आग्रह गर्नुभयो । बस्नेतले जनताको आकांक्षा बिपरीत नगई पार्टी एकताको प्रक्रिया तत्काल टुंग्याउन पहल भइरहेको बताउनु भयो ।
सो अबसरमा प्रदेश सभासद तथा मुख्य मन्त्रीको आकांक्षी महेन्द्रबहादुर शाहीले जनताले दिएको जिम्बेवारी इमान्दारी पूर्बक पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।



Milan Shrestha । २५ माघ २०७४, बिहीबार ०८:५१ बजे