३० असार पोखरा
असार ९ गतेबाट सम्पर्कविहीन भएका पोखरा-लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेल सेतीनदी किनारमा मृत अवस्थामा भेटिएका छन् । भीमाद-६ सेतीनदी किनारमा शव भेटिएको र आफन्तले पहिचान गरेको कास्की प्रहरीले जनाएको छ । असार ९ गते शनिबार बिहान मर्निङ वाकमा निस्किएदेखि उनी सम्पर्कविहीन थिए ।
पौडेलले पोखरा महेन्द्रपुलबाट हाम फालेको निष्कर्ष कास्की प्रहरीले यसअघि सार्वजनिक गरेको थियो । शव क्षतिक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ । अन्नपूर्णपोष्टबाट



Milan Shrestha । ३० असार २०७५, शनिबार ०७:०७ बजे