असार ११, सुर्खेत ।
जाजरकोट जिल्लाको छेडागाड नगरपालिकाले नगरबासीको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँन एम्बुलेन्स सेवा सञ्चालन गर्ने घोषणा गरेको छ ।
आइतबारदेखि दशेरामा सुरु भएको तेस्रो नगर सभामा आ.व. २०७५÷०७६ को नीति तथा कार्यक्रम प्रस्तुत् गर्दै नगरपालिकाका प्रमुख लालबहादुर महताराले सो जानकारी दिनुभएको हो ।
बालुवा—जुनी मोटरबाटो, मध्यपहाडी मोटरबाटो र वडावडामा मोटर बाटोको सुविधा पुगेपनि विरामी हुँदा नगरबासीले यातायातको साधन नपाउने समस्या भोग्दै आएकोले स्वास्थ्य सेवातर्फ ४ पटक अनिवार्य स्वास्थ्य संस्थामा स्वास्थ्य चेकजाँच गर्ने आमालाई नगरपालिकाको तर्फबाट थप दुई सय भत्ता समेत उपलब्ध गराउइने घोषणा समेत गरीएको छ ।
नगरपालिकाको चक्रपथ निर्माण, सुविधा सम्पन्न बसपार्क निर्माण, नगर प्रहरी सेवा सञ्चालन सम्बन्धी आवश्यक कानून निर्माण गरी नगर प्रहरी गठन तथा सञ्चालन, अनाथ तथा संरक्षक विहिन बालबालिकाको शिक्षा, स्वास्थ्यको क्षेत्रमा सहयोग पु¥याउन नगरमा बाल अक्षयकोषको स्थापना, ३ बर्षभित्र नगरपालिकालाई बालमैत्री स्थानीय शासन लागु भएको नगरपालिका घोषणा गरिने पनि प्रस्तुत् नीति तथा कार्यक्रममा समावेस गरीएको छ ।



Milan Shrestha । ११ असार २०७५, सोमबार ११:३० बजे