
अविरल ढकाल, जुम्ला
माघ २६
जुम्लामा संरक्षणको अभावले दुर्लभ भएको वन्य जन्तु रतुवा मुगको आज विहान गाँउमा पसे पछि उद्धार गरिएको छ ।
चन्दननाथ नगरपालिका २ भण्डारी गाँउमा विहान ७ वजे कुकुरले रतुवा मृगलाई लखेटको देखि पछि गाँउवासीले कुकुर बाट छुट्टाएर उक्त रतुवा मृगलाई बचाएका हुन । रतुवा मृगको मुख बाट रगत बगेको र एउटा खुट्टा पनि भाँचिएको छ ।
स्थानिय महेन्द्र आचार्यले भने विहान कुकुरले लखेटे रहेको वेला गाँउले सवै मिलेर रतुवालई कुकुर बाट छुटाएर घरमा रतुवा मृगलाई लिए पछि जिल्ला प्रहरी कार्यालय लाई र वन कार्यालयलाई जानकारी गराएको उनले बताए । प्रत्येक वर्षहिउँदको समयमा यो गाँउमा रतुवा मृग आउने गरेको आचार्यले बताए ।
जिल्ला वन कार्यालयका वन रक्षक गगन बहादुर बुढथापाले भने, रतुवा मृगलाई धेरै नै चोट लागेर घाईते भएको र यसलाई पूर्ण रुपमा उपचार गरेर जिल्ला वन कार्यालय जुम्लाले पुन जंगलमा छोड्ने वा राष्ट्रिय निकुञ्जमा लगेर राख्न सक्ने बुढथापाले बताए ।
स्थानियले रतुवा मृगलाई राष्ट्रिय निकुञ्जमा राखेर संरक्षण गर्नु पर्ने माग सहित जिल्ला वन कार्यालय जुम्लालाई बुझाएका छन् ।
हिउँदको समयमा खानाको अभाव र हिउँ पर्ने भएकोले बस्ने ठाँउ नहुने भएकोले जुम्लामा वर्षेनी रतुवा मृग गाँउ पस्ने गरेका छन् ।



Prawash Kumar Shakya । २६ माघ २०७४, शुक्रबार १५:५९ बजे