जनयुद्ध दिवसका अवसरमा सडक सिलान्यास


बिस्नप्रसाद न्यौपाने
फागुन १ । कालिकोट ।
बिप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले ४० बर्ष अगाडी सर्बे गरिएको सडकको २३ औ जनयुद्ध दिवसका अवसरमा आज शिलन्यास गरेको छ ।

तत्कालीन जिल्ला विकास समितिले सर्बे तथा डिजाइन स्टेमेट गरेको जिल्लाको महत्वपूर्ण लालु लैफु सडक खण्डको नेपाल कम्यूनिष्ट पार्टीले जनयुद्ध दिवसका अबसरमा जन श्रमदानबाटै सडक निर्माण कार्य पुरा गर्ने अभियानका साथ सिलन्यास गरेको हो ।

जिल्लाको नरहरीनाथ गाँउपालिका-८ खुलालुमा सडक शिलन्यास गर्दै नेपाली कम्युनिष्ट पार्टी कर्णाली ब्यूरो इन्चार्ज एटम बिसीले कालिकोट जिल्लाको विकास र आर्थिक समृद्धिको आधार ४० बर्ष अगाडी सर्बे गरिएको लालु लैफु सडक खण्डको समयमै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

राज्यले पछाडी पारेका विभिन्न विकासी आयोजनाहरु आफ्नो पार्टीले जनश्रमदान बाटै निर्माण गर्ने कार्यको थालनी गरेको भन्दै इन्चार्ज बिसीले यसै अभियान अन्तरगत कालिकोटको लालु लैफु सडकको सिलान्यास गरिएको बताउँदै उनले राज्यका निकायहरुले सडक सर्बे गर्ने, बजेट बिनियोजन गर्ने तर आयोजना समयमै निर्माण नगरी अनियमितता गर्ने गरेको छ । हामी यसको बिरुद्धमा छौ । हामीसँग बजेट छैन, युवा शक्ति छ, जनस्वयमसेवकहरुले विकासको नेतृत्व गर्नेछन् । विगतमा लालु लैफुु सडक आयोजनामा आएको बजेट दुरुपयोग भएको बताउदै आफुहरुले त्यसको अनुसन्धान गरी जनकारबाही गर्ने खुलासा गरे ।

नरहरीनाथ गाउपालिका अध्यक्ष धिरबहादुर बिष्टले आफुहरुले यसै सडकका लागि यो आर्थिक बर्षमा ३ करोड बजेट बिनियोजन गरी अहिले फिल्डमा प्राबिधिकहरु खटाएर सर्बे गर्ने कार्य भर्इइरहेको जानकारी दिए । उनले उक्त सडक नेकपाले निर्माण गर्ने भएपछि आफुहरुले बजेट अन्य आयोजनामा बिनियोजन गर्ने समेत बताए ।