घाइते बालकको उपचारमा सहयोगको अपिल


 

सुर्खेत, ६ चैत्र ।
घरमा आगोलागी हुँदा पीडित बनेको एक परिवारले सहयोगको अपिल गरेको छ ।

चौकुने गाउँपालिका वडा नं. ९ घाटगाउँ निवासी जगत नेपालीको घरमा आगलागी भएको थियो । आगोलागीबाट जगतका ६ बषिर्य छोरा निराजन नेपालीको टाउको, हात, खुट्टामा आगोको गम्भिरा घाइते भएका छन् । जगतकी ४ बषिर्या छोरी अनुसा नेपालीको आगोलागीमा परि सोही दिन मृत्यु भएको जनाइएको छ ।

घाइते छोरा निराजनको उपचारका लागि आर्थिक अभाव भएकाले सबैसंग सहयोगको अपिल गरेका छन् । आगलागीबाट घर सम्पत्ति सबै पुर्ण रुपमा क्षति हुनुका साथै औषधी उपचारमा समस्या भएको छ ।

सहयोग गर्न चाहने व्यक्तिहरुले जगत बहादुर नेपालीको नाममा एभरेष्ट बैंक शाखा कार्यालय सुर्खेतमा खोलिएको खाता नं. ००२००५०१२१०९५८ र मोवाईल नं. ९६०००५८२० वा ९१४५२०२२१ मा सर्म्पर्क राख्न सबैमा अपिल गरिएको छ ।