स्वास्थ्यकर्मि द्धारा घर घरमा स्वास्थ्य परिक्षण


 २७ बैशाख, कालिकोट

जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाले स्वास्थ्यकर्मि सहित प्रत्येक घरमा गई प्रत्येक ब्याक्तीको स्वास्थ्य परिक्षण गर्ने कार्य सुरु गरेको छ ।

गाँउपालिकामा बसोबास गर्ने दिर्ग रोगिहरुलाई निशुल्क औषधि बितरण गर्दै प्रत्येक बिरामिको चेकजाँच समेत गरिएको मेहेलमुडि स्वास्थ्य चौकिका प्रमुख दिबस कुमार बमले जानकारि दिनु भयो ।

गाँउपालिकाको वडा नं. ५ देखि सनिबार वाट सुरु गरिएको यो कार्यक्रम पत्येक वडा तथा घरघरमा गएर निशुल्क औषधि बितरण गर्नुका साथै बिरामिहरु चेकजाँच समेत गर्ने गाँउपालिका अध्यक्ष डम्बर बहादुर शाहिले बताउनु भयो ।

आज सनिबार सार्बजनिक बिदाको दिनमा समेत पालिका अध्यक्ष स्वास्थ्यकर्मिहरु सहितको टोलीद्धारा घरघरमा भेटघाट तथा स्वास्थ्य परिक्षण कार्र्य सुरुगरिएको छ । स्वास्थ्यकर्मिहरु बिमला बम, छत्र बम, दिबस कुमार बम, मिना संज्याल पालिकाका अध्यक्ष सहित को टोलि वडानं ५को साकेज्यूलाबाट सुरुगरि वडा नं ६ को धामिगाउँ सम्म घरघरमा पुगि भेटघाट तथा स्वास्थ्य परिक्षण गरिएको छ   वडा नं ६ मा भोगोलिक रुपमा बसोबास गर्नेहरुको घरबास टाढा भएको र भेटघाट गर्न छुटेका पोरिबन बस्तिका नागरिकलाइ पुन भेटघाट गरिने अध्यक्ष शाहिले बताउनु भएको छ ।

कोरोना रोगको कारण चिन्तित र त्रसित भएका नागरिकलाई सानत्वना दिदै दिर्ग रोगि एबं बृद्ध बृद्धा ४० जना लाई निसुल्क औषधि बितरण गरिएको शाहिले बताउनु भयो । कोरोना भाइरस (कोभिड १९) को जोखिम भएका बेला एक घरवाट अर्को घरमा नजान, धेरैको संख्यामा जमघट तथा भेला भएर नबस्न, जुनसुकै घरायसि काम गर्दा दूरि कायम गरि काम गर्न, स्वस्थ खानपान प्रयोग गरि स्वास्थ्यलाई बिषेश ध्यान दिन अध्यक्ष शाहीले आग्रह समेत गर्नु भएको छ ।

दिर्ग रोगिहरुको पहिचान र तथ्यांक संकलन गरि उनिहरुलाई गाँउपालिकाले निशल्क औषधि उपलब्द गर्नेे अध्यक्ष शाहिले बताउनु भयो ।