८ जेठ, सुर्खेत / २५६०औं बुद्ध जयन्ती आज सुर्खेतमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । धर्मोदय सभा सुर्खेतको आयोजनामा वीरेन्द्रनगरमा आज शान्ति र्रयाली सम्पन्न भएको छ ।
स्थानीय मंगलगढी चौ कबाट नगर परिक्रमा गरि वीरेन्द्रनगर १७ लाटीकोइली सुर्खेत स्थित पेमा साङ्गङ्क छोयोलिङ् गुम्वामा गइ सभामा परिणत भएको थियो ।

सभामा धर्मोदय सभा सुर्खेतका संस्थापक अध्यक्ष जीवनकुमार शाक्यले पञ्चशिल पाठ गराउनुभएको थियो । सभाका मुख्य अतिथी लामा गुरु रिम्पोन्छे धन्डुपले अहिले स्थिती नै सबैको मन नियन्त्रणमा हुन नसकेकोले अशान्ती छाएको बताउनुभयो ।

भगवान गौतम बुद्ध नेपालमा जन्मिनु भएकोमा हामी सम्पूर्ण नेपालीलाई गर्वको विषय भएको र सबैले आफ्नो मनलाइ नियन्त्रण गर्न सके देशमा शान्ति छाउने बताउनु भयो ।
कार्यक्रम सभाका अध्यक्ष मोहनबहादुर थापाको सभापतित्वमा सम्पन भएको हो ।



Prawash Kumar Shakya । ८ जेष्ठ २०७३, शनिबार ०८:०१ बजे