सतक रक्तदाता कर्माचार्य “रक्तदाता सम्राट” घोषित


Photo: dainiknewspost.com

३१ जेठ, ललितपुर । विश्व रक्तदाता दिवस जून १४ काे उपलक्ष्यमा नेपाल स्वयंसेवी रक्तदाता समाजका राष्ट्रिय अध्यक्ष एवं नेपालका सतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई “रक्तदाता सम्राट” उपाधिले गरेको छ ।

कर्माचार्यलाई महालक्ष्मी नगर समिति एवं नेवाः देय् दबू  महालक्ष्मी कचा: ले संयूक्त रुपमा “रक्तदाता सम्राट” उपाधिले  सम्मान गरेको हो ।आयोजकले कर्माचार्यलाई  “रक्तदाता सम्राट”काे उपाधिबाट ५ फिट ९ इन्चकाे उचाई रहेकाे कलात्मक विभूषण-पत्र सहित सम्मान गरेको छ ।

कर्माचार्यले हाल सम्म १ सय ७४ पटक रक्तदान गरिसक्नुभएको छ । त्यस्तै कर्माचार्यले रगत र रक्ततत्व हरेक विरामीहरुले निःशुल्क पाउनुपर्छ भन्ने अभियानमा लागि रहनुभएको छ ।

कार्यक्रममा सतक रक्तदाता कर्माचार्यको रचनामा आज नै नयाँ रक्तदान जागरण गीतकाे पनि लाेकार्पण गरिएको छ । जस्मा रत्नशाेभा महर्जन,सृजना श्रेष्ठ, प्रगति महरा,वीना भट्टराई,नसना महर्जन,दुर्गा अधिकारी,काव्या आचार्य,खुशी थुलुङ्ग, सानुवावु महर्जन, शशि बिक्रम थापा, माेहित श्रेष्ठ (माधब), बेनुप क्षेत्री, भिषण राई, मीन गुरूङ्ग, करण मुखिया र पुष्पराज बरालको स्वर रहेको छ । त्यस्तै संगित संयोजन सुनिल सिंह,  रेकर्डिङ्ग तथा मिक्सिङ्ग मोहन रायमाझीको रहेको छ ।

आउ है साथी जाउँ है साथी
यताउता नलागि उठाैं है साथी
रक्तदान अभियानमा जुटाैं है साथी
रक्तदान अभियानमा लागाैं है साथी
जुटाैं जुटाैं लागाैं जुटाैं एकसाथ हामी उठाैं
उठाैं साथी जुटाैं जुटाैं रक्तदान गर्न जुटाैं !

भरे भाेलि कहिले नभनाैं
सक्ने बेला सबैले दान गराैं
रक्तदान अभियानमा जुटाैं है साथी
रक्तदान अभियानमा लागाैं है साथी
जुटाैं जुटाैं लागाैं जुटाैं एकसाथ हामी उठाैं
उठाैं साथी जुटाैं जुटाैं रक्तदान गर्न जुटाैं !

कहाँ र किन कहिले नभनाैं
कस्काे लागि भनी नसाेधाैं
रक्तदान अभियानमा जुटाैं है साथी
रक्तदान अभियानमा लागाैं है साथी
जुटाैं जुटाैं लागाैं जुटाैं एकसाथ हामी उठाैं
उठाैं साथी जुटाैं जुटाैं रक्तदान गर्न जुटाैं !