शक्तेकाँडामा कालभैरवको मुर्ति स्थापना (भिडियोसहित)


 

 

२५ जेठ, सुर्खेत । वीरेन्द्रनगर सुर्खेतको दक्षिणी क्षेत्र वडा नं. ९ र भेरीगंगा नगरपालिकाको सिमाना क्षेत्र शक्तेकाँडामा आज कालभैरवको मुर्ति स्थापना गरिएको छ ।

वीरेन्द्रनगर ९ का वडा अध्यक्ष सुरेश मानन्धरले धेरै समय अगाडी देखि नै शक्तेकाँडामा काल भैरवको थान थियो सोही स्थानमा आज कालभैरवको मुर्ति स्थापना गरेको  बताउनुभयो । उहाँले भन्नुभयो ‘यो वीरेन्द्रनगरको पूरानो बस्ती बसेको ठाउँ हो । गोठीकाँडा, राम्रीकाँडा, फिनीकाँडा जस्तै शक्तेकाँडा पनि पूरानो बस्ती बसेको ठाउँरहेको र कालभैरवको थान रहेकोले आज मुर्ति स्थापना गरेका हौं ।’

पूराना पौराणिक धार्मिक संरचनाहरु हराउँदै गइरहेको अवस्थामा वडाले पूरानै स्थानमा भक्तपूरका कालिगढद्वारा निर्मित कालभैरव मुर्ति स्थापना गरिएको वडा अध्यक्ष मानन्धरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘हामी वीरेन्द्रनगर र भेरीगंगा नगरलाई छोटोदुरीबाट जोड्ने प्रयासमा पनि छौं ।’

मुर्ति स्थापना कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले पुजा गरेर शुभारम्भ गर्नुभएको थियो ।

https://www.youtube.com/watch?v=_0cucoequLw