प्रदेश ६ का मुख्यमन्त्रीले लिए सपथ (भिडियो सहित)


ईश्वर त्यागे, जनता रोजे

कृष्णराज धमाला
फागुन ४, सुर्खेत
फागुन ४, सुर्खेत– प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । बिहीबार मुख्यमन्त्री नियुक्त भएका शाहीलाई प्रदेश प्रमुख दुर्गाकेशर खनालले शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री शाही नेकपा माओवादी केन्द्रबाट कालीकोट जिल्ला ख निर्बाचन क्षेत्रबाट प्रदेश सभा सदस्य हुन् भने प्रदेश ६ का संसदीय दलका नेतासमेत हुन् ।

मुख्यमन्त्रीमा शाहीले सपथ ग्रहण गरे पनि मन्त्रिपरिषद विस्तार भने हुन सकेको छैन । शुक्रबार केही मन्त्रीलाई सपथ गराउने तयारी गरिए पनि नेकपा एमालेले मन्त्रीको टुंगो लगाउन नसक्दा ढिलाइ भएको बुझिएको छ ।

सपथ लिदा प्रमूखले इश्वरको नाममा भने पनि शाहीले भने जनताको नाममा सपथ लिएका छन् । मन्त्री मण्डल भने आइतबार सम्म बिस्तार हुने बताइएको छ ।