सुन तस्करीका नाइके पक्राउपछि सार्वजनिक


काठमाडौं –साढे ३३ केजी सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई आज सार्वजनिक गरिएको छ ।

गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमार्फत उप्रेतीलाई  सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा गृहमन्त्रालयका सहसचिव एवं ३३ केजी सुन प्रकरण र सनम हत्या प्रकरण छानविन गर्न गठित टोलीका संयोजक सहसचिव ईश्वर पौडेलले लामो अनुसन्धानपछि गोरे पक्राउ गर्न सफल भएको बताए ।

उनले गोरेलाई मंगलबार विहान ५ः ३४ बजे काठमाडौको गौरीघाटबाट पक्राउ गरेको जानकारी दिए । गोरेलाई आजै मोरङ अदालतमा बुझाइने अनुसन्धान टोलीले जनाएको छ ।

गत माघमा नेपाल भित्रिएको ३३ केजी सुन प्रकरणमा सनम शाक्यको हत्या भएको थियो ।

रातोपाटी अनलाइनबाट