यामलाल स्मृतिमा छात्रवृत्ति वितरण


३ माघ, सुर्खेत । अमरज्योती माध्यमिक विद्यालयमा ८ औं स्व. यामलाल कँडेल स्मृतिका अवसरमा विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति वितरण गरिएको छ । अमरज्योति नमूना माध्यमिक विद्यालयका प्राचार्य समेत रहेका स्व. कँडेलको स्मृतिमा आज (विहिबार) एक कार्यक्रमवीच छात्रवृत्ति रकम वितरण गरिएको थियो ।

विद्यालयमा आयोजित स्मृति दिवसमा मदन बहादुर खड्का अक्षय कोषबाट ६ जना विद्यार्थी, जयन्ती थापा अक्षयकोषबाट ५ जना विद्यार्थी, मधुलाल सापकोटा अक्षय कोषबाट २ जना विद्यार्थी, शिव रेग्मी अक्षय कोषबाट २ जना विद्यार्थी, शंख बहादुर खड्का अक्षय कोषबाट ७ जना, मोति प्रसाद सुवेदी अक्षय कोषबाट ७ जना विद्यार्थीलाई छात्रवृत्ति वापतको नगद रकम हस्तान्तरण गरिएको थियो ।

त्यसैगरी मोतिराम आचार्य अक्षय कोषबाट ३ जना विद्यार्थी, रुद्र बहादुर÷यामसरा खड्का अक्षय कोषबाट ३ जना, प्रेम प्रकाश ढकाल अक्षय कोषबाट १ जना, मोतिप्रसाद÷रुकमाया तिवारी अक्षय कोषबाट २ जना, यामलाल कँडेल अक्षय कोषबाट ५ जना, अमरज्योति यामलाल कँडेल स्मृति कोषबाट ८ जना, यामलला सापकोटा अक्षय कोषबाट २ जना, देव प्रसाद उपाध्याय (शास्त्री) अक्षय कोषबाट ३ जना, राहुल स्मृति अक्षय कोषबाट ३ जना र पद्मा सापकोटा अक्षय कोषबाट १ जना विद्यार्थीलाई छात्रवृत्ति वापतको नगद रकम हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै विद्यालयका पूर्व प्राचार्य डिल्ली प्रसाद उपाध्यायले स्व. यामलाल कँडेलले शैक्षिक क्षेत्रको विकासमा पु¥याएको योगदान, अमरज्योति माविको स्थापना र विकासमा पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए । छात्रवृत्ति वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य बालकुमारी कँडेलको अध्यक्षता एवं वीरेन्द्रनगर–१२ का वडा अध्यक्ष लोक प्रसाद चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले जानकारी दिए ।