१४ पौष, सुर्खेत । जाजरकोटको नलगाड नगरपालिकाका न्यायिक समिति पदाधिकारीहरुका लागि तीन दिने क्षमता विकास कार्यक्रमको सुरु गरिएको छ ।
स्थानीय तहमा न्यायिक कार्यलाई थप प्रभावकारी ढंगले सम्पादन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । नगरपालिकाको सहयोगमा नगरपालिकाका न्यायीक समितिका पदाधिकारी,वडाका मेलमिलापकर्ता र सचिवालयका कर्मचारीहरुका लागि तालिम सञ्चालन गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख टेकबहादुर रावलले नगरको कार्य प्रभावकारी ढंगले सम्पादन गर्नेको लागि क्षमता विकासका कार्यक्रमलाई अगाडी बढाएको बताउनुभयो । ‘गाउँ घरमा न्याय सम्पादनको कार्य चुनौतिपुर्ण रहेको छ । तर यो चुनौति संँग हामी परिचित हुनका लागि यसप्रकारका कार्यक्रम आवश्यक छ’ उहाँले भन्नुभयो, ‘विगत तीन वर्षको हाम्रो अनुभवले कानूनी सीप विकासमा ध्यान दिई न्यायिक मनको प्रयोग गर्नुपर्छ ।’
कार्यक्रममा उपप्रमुख बालकुमारी बस्नेतले वडा तहमा मेलमिलाप समितिले अन्योलपुर्ण रुपमा काम गर्नुपरेको बाध्यता सुनाउनुभयो । ‘भौगोलिक विकटताको कारणले गर्दा कतिपय मुद्धाको हदम्याद समेत गुमेको छ’ उहाँले भन्नुभयो, ‘समृद्ध समाज निर्माणका लागि यस प्रकारका कार्यक्रमको प्रभावकारीता रहेको छ ।’ वडा वडामा मेलमिलापकर्ताहरुले निःशुल्क रुपमा सेवा प्रदान गरेको भन्दै उहाँले उ उनीहरुको कामको कदर गर्नुपर्निे बताउनुभयो । ‘हामी कानूनी मान्यतासंँगै सामाजिक एकता मजबुद पार्ने दिशामा लागेका छौ ।’ उहाँले भन्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले नगरपालिकाको चालु आ.व. को वार्षिक कार्यक्रमअन्र्तगत यो कार्यक्रमगरिएको बताउनुभयो ।
कार्यक्रममा न्यायिक समितिका सदस्य राममाया हमालले नगरपालिकाको कार्यसम्पादनमा सहजता वृद्धिका लागि कार्यक्रम उपयोगी हुने बताउनुभयो । स्थानीय तहमा न्याय सम्पादनको कार्य चुनौतिपुर्ण भएको हुँदा सदस्यहरुले आफनो अध्ययन बढाउनुपर्नेमाजोड दिदै कार्यक्रमबाट सिकेका सीपको व्यावहारिक प्रयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जाजरकोट जिल्ला अदालतका स्रेस्तेदार देवीराम भण्डारीले स्थानीय न्यायीक समितिको क्षमता विकासमा सम्बन्धित निकायहरुबीच समन्वय हुँदै आएको बताउनुभयो । कार्यक्रमको श्रेष्तेदार भण्डारी र अधिवक्ता भक्तबहादुर मल्लले सहजिकरण गर्नुभएको थियो । स्थानीय तहमा विवाद समाधान विकास र समृद्धिको आधार भन्ने मूल नाराका साथ कर्णाली मिडिया सेन्टर नेपाल प्रा.ली,सुर्खेतले कार्यक्रमको सहजिकरण गरेको थियो ।



Milan Shrestha । १४ पुष २०७६, सोमबार २२:१४ बजे