
३ बैशाख, सुर्खेत । राष्ट्रिय गौरव आयोजना भेरी बबई डाईभर्सनको सुरुङ्गको आज प्रधानमन्त्री केपी शर्मा वलीले ब्रेक थ्रु गर्नुभएको छ ।
२०७१ चैत्र १९ गते तत्कालिन प्रधानमन्त्री स्व. सुशिल कोइलराले भेरीगंगा नगरपालिका-८ हात्तिखाल बबईमा डाईभर्सनको शिलान्यास गर्नुभएको थियो ।
यो आयोजनाबाट प्रदेश नं ५ का बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने र ४८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएर २०७४ असोज ११ गतेबाट १२ हजार २ सय मिटरको सुरुङ्ग चिनबाट भित्र्याइएको टनेल बोरिङ्ग मेसिनबाट सुरुङ्ग खन्न शुरु गरिएको डाईभर्सनको आज प्रधानमन्त्री वलीले बटन थिचेर सुरुङ्गको ब्रेक थ्रु गर्नुभएको हो ।
कार्यक्रममा प्रधानमन्त्री वलीले अब यो आयोजनाको सफलताले सरकारलाई यस्तै प्रकारका अन्य आयोजनाहरु संचालन रोजगारको सिर्जना एवं उत्पादन बढाउने बताउनुभयो ।
प्रधानमन्त्री वलीले समयसीमा आगावै नेपालको बजेट, अमेरिकी प्रविधि र चिनियाँ कम्पनीको लगनशिलले सुरुङ निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो ।
अब जनता भोकै बस्नुपर्ने छैन पछ्यौटेपन पनि रहन दिन्नौ किनकी हामी जनताको सरकार हो । चिन सरकारसंग उत्तरी नाका सञ्चालनका लागि सम्झौता कार्य अघि बढिसकेकोले उत्तरी नाका सञ्चालनको तयारीमा सरकार लागेको बताउनुभयो ।

त्यस्तै नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले यो आयोजनाले समय आगावै सुरुङ्ग खनेर ऐतिहासिक काम गरेको बताउँदै अब यस्तैखालका आयोजनाहरु गर्न सरकार लाग्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले यो आयोजनाबाट प्रदेश ५ को बाँके र बर्दियामा सिंचाई भइ राम्रो खाद्य उत्पादन हुने बताउँदै कर्णालीका जनता भोकै बस्नु नपर्ने त्यस्कालागि प्रदेशका जनताको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आयोजनाबाट प्रदेश ५ का बाँके बर्दियामा भकारी भरिने यसबाट उत्पादन हुने विद्युतलाई पूर्णरुपमा कर्णाली दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी र चिनियाँ राजदूत हु याङले सुरुङ्ग खन्ने समयसीमा अगावै आयोजना सम्पन्न हुनु महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।




Prawash Kumar Shakya । ३ बैशाख २०७६, मंगलवार १८:०३ बजे