कर्तब्यलाई आत्मसाथ गरीरहन प्रमूखको आग्रह (शुभकामना सहीत)


कृष्णराज धमाला
फागुन ७, सुर्खेत
६ नं प्रदेशका प्रदेश प्रमूख दुर्गाकेशर खनालले प्रदेश र प्रदेशको उन्नयनका लागि कर्तब्यनिष्ट भएर लाग्नु पर्नेमा जोड दिएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा प्रमूख खनालले प्रदेशवासीको नाममा शुभकामना दिदै प्रजातन्त्र स्थापना गर्न जीवनको आहुति दिने शहीदलाई सम्झदै उनीहरुले देखाएको बाटोमा अबिचलीत भई लाग्नु पर्नेमा जोड दिनुभएको छ ।

प्रदेश र जनताको समृद्धिमा इमान्दार भएर सबै लाग्नु पर्नेमा जोड दिदै प्रमूख खनालले कर्तब्यबाट पछि कोही कहिले पनि हट्न नहुनेमा जोड दिनुभएको छ ।