बोक्सीको आरोपमा बुहारीले गरिन् सासूको हत्या


१६, भाद्र । दाङ्ग तुल्सीपुर :एक बुहारीले बोक्सीको आरोपमा सासूको हत्या गरेकी छन्।  द्ङगीशरण गाउँपालिका-३ कि ट्न्की रावतले सासू ६९ बर्षकी खोपी रावतको हत्या गरेको दाङ प्रहरीले जनाएको छ।

ट्न्कीले आफू पटक–पटक बिरामी हुँदा  झारफुक गर्ने क्रममा सासू बोक्सी भएको थाहा पाएपछि सल्यान लगेर हत्या गरेको बयानमा स्वीकार गरेकी छन्।

भदौ २ गते सल्यान लगेर ५ गते हत्या गरेको उनले प्रहरीसँगको बयानमा स्वीकार गरेकी छन्। छोरीको जाहेरीमा प्रहरीले शुक्रबार सासू हत्या अभियोगमा बुहारीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो । ईलाका प्रहरी कार्यलय तुल्सीपुरले ट्न्कीमाथि अनुसन्धान भइरहेको बताएको छ।

साभारः अन्नपूर्ण पोष्ट अनलाइन