नेकपाद्वारा बन्दको आब्हान


बिना सर्त रिहाईको माग

कृष्णराज धमाला
फागुन ७, सुर्खेत ।

बिप्लब नेतृत्वको नेकपाले मंगलबार (८ गते) नेपाल बन्दको आब्हान गरेको छ । नेकपाका स्थायी समिति सदस्य सुदर्शन, पीबीएम पदम राई लयागतका दर्जनौं नेता, कार्यकर्ताहरुको गिरफ्तारको बिरोधमा बन्दको आब्हान गरेको हो ।

यो गिरफ्तारीले राजनैतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्र उदांगो पारेको भन्दै नेता कार्यकर्ताहरुको रीहाइको माग गर्दै बन्द गरीएको पार्टीले जनाएको छ ।

सुर्खेत इन्चार्ज ध्रुबले गिरफ्तारीको घोर भर्तसना गर्दै ओली सरकारको यो कदम रोक्न र गिरफ्तार परेका वरिष्ठ नेताहरु लगायतलाई विना शर्त रिहाको लागि दबाब दिन बन्दको आयोजना गरीएको बताउनु भयो ।

उहाँले भन्नुभयो ँऐतिहासिक सम्मेलनमा जुटेका युवाहरुलाई विना कारण गिरफ्तार गरीएको छ, बिना सर्त तत्काल रिहा नगरे बिद्रोहको शंखनाद हुने चेतावनी समेत दिनुभएको छ ।