कृष्णराज धमाला
फागुन ९, सुर्खेत ।
प्रदेशस्तरीय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सव २०७४ मंगलबार सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ६ को आयोजनामा माघ २६ गतेदेखि सुरुभई मंगलवार सम्पन्न भएको महोत्सवमा झण्डै १३ करोड बराबरको कारोवारो भएको छ ।
सो महोत्सवको करिब साढे तिन लाख बढि दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ६ का अध्यक्ष पदमबहादुर शाहीले महोत्सवमा भएको कारोवारको १५ दिन भित्र सार्वजनिक गरिने जानकारी दिएकाछन् ।
संघका जिल्ला शाखाको नेतृत्वमा १० जिल्लाबाट औद्योगिक, व्यापार, पर्यटन तथा कृषिका सामग्रीहरूको स्टलहरू निःशुल्क प्रदर्शनीमा राखिएकोे थियो भने ग्रामीण क्षेत्रमा उत्पादित वस्तुहरूको बजारीकरण र उद्योग व्यापार मार्फत् प्रदेशको समृद्धिमा थप टेवा पुगोस् भन्ने उद्येष्यका साथ महोत्सवको आयोजना गरिएको हो ।
सम्पन्न महोत्सवमा दर्शकका लागि ५० रूपैयाँ प्रवेश शुल्क तोकिएको थियो ।



Milan Shrestha । ९ फाल्गुन २०७४, बुधबार ०९:४१ बजे