प्रचण्ड सुर्खेत आउँदै गर्दा माओवादीमा भाँडभैलो


सुर्खेत, २७ जेठ । नेकपा माओवादी केन्द्रको छैंठौ प्रदेशस्तरीय एकता भेला भोली (शुक्रवार) सुर्खेतको वीरेन्द्रनगरमा हुने भएको छ । भेलामा १० जिल्लाका अगुवा नेता तथा कार्यकर्ताको सहभागीता हुने माओवादी केन्द्रले जनाएको छ ।

भेलामा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहित रामवहादुर थापा, गृहमंत्री शक्तिवहादुर बस्नेत, जनार्दन शर्मा, जयपुरी घर्ती, तिलक परियार, मात्रिकाप्रसाद यादव, मणी थापा लगायतका नेताहरु आउने वताएको छ । एकता भेलामा ३ सय भन्दा बढी अगुवा नेता कार्यकर्ताको सहभागीता हुने बताएको छ ।

सुर्खेत र कालिकोट माओवादीमा भाडभैलो
पार्टी एकताको नाममा जुनियरलाई केन्द्रीय सदस्य वनाएको भन्दै नेकपा माओवादी केन्द्र सुर्खेतका जिल्ला कमिटीका ३७ जना सदस्यले सामुहिक राजीनामा दिएका छन । उनीहरुले पार्टीमा लामो योगदान दिएकालाई वेवास्था गदै जुनियरलाई केन्द्रीय सदस्य वनाएको प्रति तिव्र असन्तुष्टी व्यक्त गरेका छन ।

राजीनामा दिनेमा जिल्ला कोषाध्यक्ष दानसिं विक, विद्यार्थी नेता गंगाराम तिमिल्सेना, महिला नेतृ देवीसरा विक, हरिमाया शर्मा, खड्कवहादुर विक विवस लगायत ३७ जना जिल्ला कमिटीका सदस्यहरु रहेको माओवादी स्रोतले जनाएको छ ।

उनीहरुले जिल्ला अध्यक्ष नरवहादुर विष्टलाई सामुहिक राजीनामा वुझाएको स्रोतले जनाएको छ । ३७ जना त्यागी, इमानदार र लगनसिल नेताहरुले राजीनामा दिएपछि अहिले माओवादी केन्द्र सुर्खेत भित्र भाडभौलो मच्चिएको छ । उनीहरुको राजीनामा स्वीकृति भएको छैन । असन्तुष्टहरुको माग सम्वोधन गर्नको लागि छलफल चलिरहेको वताएको छ ।

यता नेकपा माओवादी केन्द्रले सुर्खेतमा गर्न लागेको प्रदेश स्तरीय एकता भेला कालिकोट माओवादीले बहिस्कार गरेको जनाएको छ । एकताका नाममा मर्यादा विपरित जुनियरलाई केन्द्रीय सदस्य बताएकोप्रति आपत्ति जनाउदै भेला बहिस्कार गरेको वताएको छ । एकताको नाममा पार्टी सिध्याउने काम भएकोले कार्यक्रम बहिस्कार गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य खेमबहादुर सिंहले जानकारी दिनुभयो । उहाँले सुर्खेत जान ठिक्क परेका सवै पार्टी कार्यकर्ता गाउँमा फर्किएको पनि बताउनु भयो ।

पहुँच र शक्तिको आधारमा आसेपासेलाई केन्द्रीय सदस्य वनाएको र त्याग तपस्या र बलिदान गरेका व्यक्तिलाई पछि पारिएको असन्तुष्ट पक्षले आरोप लगाएका छन । सिंगो कार्यकर्ताको हितभन्दा पनि व्यक्तिगत फाइदाका लागि एकताको नाटक अध्यक्षले गरेको आरोप उनीहरुको छ ।

साभारः राराखबर अनलाइन