९ फागुन, सुर्खेत । प्रदेश ६ मा एमाले प्रदेशसभा संसदीय दलको मुख्य सचेतकमा गुलावजंग शाह चयन चयन भएका छन्।
सल्यान प्रदेशसभा (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित एमालेका शाहलाई संसदीय दलको मुख्य सचेतकमा चयन गरिएको पार्टीका प्रदेशसभा संसदीय दलका नेता यामलाल कंडेलले जानकारी दिए ।
अन्य पदाधिकारी भने संसदीय दलको नियमावली निमार्ण भएपछि मात्रै चयन गरिने नेता कंडेलले बताए ।
साभारः अनलाइनखबर



Prawash Kumar Shakya । ९ फाल्गुन २०७४, बुधबार १३:४४ बजे