पञ्चपुरीमा सुविधा सम्पन्न हल निर्माण हुदै


अमर कार्की
बैशाख,३ बाबियाचौर, सुर्खेत
सुर्खेत पश्चिम को पञ्चपुरी नगरपालिका मा क्षेत्रकै ठूलो हल निर्माण हुन लागेको छ । करिव ७० प्रतिशत काम सम्पन्न भैसकेको हलको क्षमता १ हजार जना अट्ने रहेको छ ।
आर्थिक बर्ष २०७२ र ०७३ बाट भवनको निर्माण कार्य सुरु गरिएको हो । बाबियाचौरमा परिषद उद्घाटनको समयमा तत्कालीन सुचना तथा संचार राज्य मन्त्री तप्तबहादुर बिष्टले बिकास कोष को रकम बाट संरचना निर्माण गर्ने प्रतिबद्धता गरेपछि काम अघि बढेको हो । क्षेत्रबिकास कोषको ३० लाख र नगरपालिका को २४ लाख को लगानी मा भवन निर्माण हुनलागेको हो ।
भवन निर्माण पछि नगरपालिका का कार्यक्रम तथा सेवाहरु तत्काल का लागि नया भवनमा हुने नगरपालिका का नायव सुब्बा भद्रबहादुर थापाले जानकारी दिनुभयो । नगरपालिका का हरेक बिषयगत शाखाहरु विभिन्न कार्यालय हरुबाट संचालन हुँदै आएका छन । स्वास्थ्य शाखा कृषि सेवा को भवन, शिक्षा शाखा हुलाक कार्यालय को भवनबाट कार्यालय संचालन गरि सेवा दिदै आएका छन । प्रयाप्त कोठा नभएको कारण नगरपालिका को प्राबिधिक फाँट समेत ५ नम्बर वडा कार्यालयको हलबाट संचालन हुदै आएको छ ।
हल निर्माण भए लगत्तै नगरपालिका का बिषयगत फाँटहरु एउटै ठाउबाट संचालन हुने नगरपालिका ले जनाएको छ । समुदायका नागरिक हरुलाई सजिलो र छिटो सुविधा दिनको लागि एउटै भवन प्रयोग गर्न लागेको नगरपालिका का प्रमुख उपेन्द्रबहादुर थापा ले बताउनुभएको छ । नगरपालिका को भवन निर्माण को प्रकृया पनि अगाडि बढि सकेको उहाले बताउनुभयो ।